२०८२ को पहिलो कारोबार बढ्यो सेयर बजार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
२६ पटक हेरिएको
Shares
२०८२ को पहिलो कारोबार बढ्यो सेयर बजार

सारांश

  • वर्ष २०८२ को पहिलो कारोबार दिन सेयर बजारको परिसूचक नेप्से २७.
  • १४ अंक बढेको छ ।
  • सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६८९ अंकमा कायम भएको छ ।

२ वैशाख, काठमाडौं ।

वर्ष २०८२ को पहिलो कारोबार दिन सेयर बजारको परिसूचक नेप्से २७.१४ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६८९ अंकमा कायम भएको छ । कारोबारकै क्रममा दिउँसो १ : ५४ बजे नेप्से २७०४ अंकसम्म पुगेको थियो, जुन आजको लागि अधिकतम अंक रह्यो । बजारको परिसूचक मात्रै बढेको छैन, कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ ।

यसअघि आइतबार ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको भयो । २१२ कम्पनीको मूल्य बढ्दा ३४ को घट्यो । विकास बैंक र लगानी सेक्टरमा आज आकर्षण देखिएको छ । लगानी २.७१ र विकास बैंक २.४६ प्रतिशत बढे । बैंकिङ ०.४८, फाइनान्स १.५९, होटल तथा पर्यटन १.९९, हाइड्रोपावर १.४७, जीवन बीमा ०.८१, उत्पादन १.२२, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा १.०७ तथा अन्य ०.६१ प्रतिशत बढे । आज व्यापार सेक्टर घट्यो । सो सेक्टर ०.६४ प्रतिशत घटेको छ ।पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । बलेफी हाइड्रोपावरको मूल्य ९.६९ प्रतिशत घट्यो । विन नेपाल लघुवित्तको ६.१७ तथा आत्मनिर्भर लघुवित्तको ३.७१ प्रतिशत मूल्य घट्यो ।आज धेरै कारोबार भएका कम्पनीमा बलेफी हाइड्रोपावर सबैभन्दा अगाडि रह्यो । सो कम्पनीको २ अर्ब रुपैयाँ बराबरको कारोबार भयो ।त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, सीईडीबी होल्डिङस् र हिमालयन रिइन्स्योरेन्स धेरै कारोबार भएका कम्पनीमा क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाजुरा निर्वाचन अपडेट : कांग्रेसका जनक गिरीको अग्रता कायमै
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका जनक गिरीको अग्रता कायमै
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न: क्रिकेट खेलाडीलाई दिने भनिएको रकम किन रोकेको ?
सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न: क्रिकेट खेलाडीलाई दिने भनिएको रकम किन रोकेको ?
नौ लाख बराबरको भन्सार छलीका सामान बरामद
नौ लाख बराबरको भन्सार छलीका सामान बरामद
शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता
शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
चिठी लेखेर ९२ हजार माग्दै धम्की दिएको आरोपमा दुईजना पक्राउ
चिठी लेखेर ९२ हजार माग्दै धम्की दिएको आरोपमा दुईजना पक्राउ
एसईई : प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ
एसईई : प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ
भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी
भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी
वीरगन्ज नाकाबाट आयात झन्डै २० प्रतिशतले बढ्यो
वीरगन्ज नाकाबाट आयात झन्डै २० प्रतिशतले बढ्यो