सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ११, २०८३
|
|
३१४ पटक हेरिएको
Shares
सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी

सारांश

  • नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ ।
  • विभागले सोमबार एक सूचना जारी गर्दै प्रतिबन्धित सामानहरूको अनधिकृत पैठारी, भण्डारण र बिक्री वितरण गर्ने कार्य गैरकानुनी भएको भन्दै सबै सरोकारवालाहरूलाई सचेत गराएको हो ।
  • निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम सरकारले विभिन्न समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी केही वस्तुहरूको आयात र निर्यातमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएको छ ।

११ साउन, काठमाडौं ।

नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै प्रतिबन्धित सामानहरूको अनधिकृत पैठारी, भण्डारण र बिक्री वितरण गर्ने कार्य गैरकानुनी भएको भन्दै सबै सरोकारवालाहरूलाई सचेत गराएको हो । निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम सरकारले विभिन्न समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी केही वस्तुहरूको आयात र निर्यातमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएको छ । विभागका अनुसार वि.सं. २०७६/०३/०२ र २०७६/१२/२४ लगायतका विभिन्न मितिहरूमा राजपत्रमा सूचना प्रकाशन गरी यस्ता वस्तुहरूको पैठारीमा शर्त वा निश्चित अवधि तोकी वा पूर्ण रूपमा मनाही गरिएको छ ।

 

 

 

यद्यपि, सरकारले बन्देज लगाएका यस्ता वस्तुहरू अहिले पनि बजारमा भौतिक रूपमा मात्र नभई विभिन्न डिजिटल प्ल्याटफर्महरू (अनलाइन माध्यम) मार्फत समेत निर्बाध रूपमा बिक्री वितरण भइरहेको गुनासो र उजुरीहरू प्राप्त भएको विभागले जनाएको छ । यसरी प्रतिबन्धित वस्तुहरूको व्यापार भइरहेको प्रति विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताएको छ । विभागले सबै पैठारीकर्ता, सञ्चयकर्ता र बिक्रेताहरूलाई कानुनले तोके बमोजिमको दायित्व र शर्त बन्देजहरूको पूर्ण पालना गरी मात्र व्यापार व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । यदि कानुनविपरीतका कार्यहरू गरेको पाइएमा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ र अन्य प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
संसद्‍मा उठ्यो अख्तियारले माधव नेपालको बयान लिएको विषय
संसद्‍मा उठ्यो अख्तियारले माधव नेपालको बयान लिएको विषय
१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी
१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी
योजना आयोग बैठकः आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत
योजना आयोग बैठकः आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै
भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प,
भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प,
राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै
राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै
मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र
मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन
कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा सुरु, सभापति देउवाद्वारा उद्घाटन
विपद्पछि काम गर्न संसदीय विशेष समिति गठन
विपद्पछि काम गर्न संसदीय विशेष समिति गठन