Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भरतपुर महानगरले भूकम्प प्रभावितलाई एक करोड दिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १९, २०८०
|
|
४३ पटक हेरिएको
Shares
भरतपुर महानगरले भूकम्प प्रभावितलाई एक करोड दिने

सारांश

  • चितवनको भरतपुर महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि सहयोग घोषणा गरेको छ ।
  • महानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
  • महानगरको निर्णय अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।

१९ कार्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि सहयोग घोषणा गरेको छ ।

महानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।महानगरको निर्णय अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ । महानगरपालिकाले जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम जम्मा गर्ने जनाएको छ ।महानगरपालिकाले भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि स्थानीयसँग आह्वान गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री भेट्न बालुवाटारमा
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री भेट्न बालुवाटारमा
कालिमाटीमा गोली लागेका सुवेदीको पनि निधन, परिवार शोकमा
कालिमाटीमा गोली लागेका सुवेदीको पनि निधन, परिवार शोकमा
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर
नेकपा बहुमतका दुई नेता पार्टीबाट निष्कासित
नेकपा बहुमतका दुई नेता पार्टीबाट निष्कासित
राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह
हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिने कोसीका मन्त्री मगरलाई बर्खास्त गर्न कमल थापाको माग
हरिसिद्धिमा बालिकालाई गाडीले ठक्कर दिने कोसीका मन्त्री मगरलाई बर्खास्त गर्न कमल थापाको माग
भारत–पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक गर्न सांसदहरूको माग
भारत–पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक गर्न सांसदहरूको माग
मौसम पूर्वानुमान : आज यी भूभागमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : आज यी भूभागमा भारी वर्षाको सम्भावना
गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण निर्धारित समयमै हुनुपर्छ : अध्यक्ष प्रचण्ड
गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण निर्धारित समयमै हुनुपर्छ : अध्यक्ष प्रचण्ड