शंखमूलको आगो नियन्त्रणमा, १० वटा पसल र घरमा क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १६, २०८१
|
|
३४ पटक हेरिएको
Shares
शंखमूलको आगो नियन्त्रणमा, १० वटा पसल र घरमा क्षति

सारांश

  • शंखमुलको दोभानपुलस्थित वर्कशप तथा विभिन्न पसलहरुमा लागेको आगो नियन्त्रणमा आएको छ ।
  • आइतबार दिउँसो पौने १ बजे सुरु भएको आगलागी दिउँसो २ बजे नियन्त्रणमा आएको थियो ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आगो निभाउन  प्रहरी र स्थानीय बासिन्दाका साथै ललितपुर र काठमाडौं महानगरपालिका गरी ५ वटा दमकल प्रयोग भएको थियो ।

१६ वैशाख, काठमाडौं । शंखमुलको दोभानपुलस्थित वर्कशप तथा विभिन्न पसलहरुमा लागेको आगो नियन्त्रणमा आएको छ ।

आइतबार दिउँसो पौने १ बजे सुरु भएको आगलागी दिउँसो २ बजे नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आगो निभाउन  प्रहरी र स्थानीय बासिन्दाका साथै ललितपुर र काठमाडौं महानगरपालिका गरी ५ वटा दमकल प्रयोग भएको थियो । आगलागीबाट पसल र घर गरी १० वटामा क्षति पुगेको एसपी अधिकारीले बताए । विशाल केसीले सञ्चालन गरेको अटोमोबाइल्स प्रालिमा विद्युत सर्ट भएर आगलागी सुरु भएको प्रहरीको भनाइ छ ।

आगलागीबाट मेघराज घलेको मोटरसाइकल वर्कसप, वीरेन्द्रप्रसाद यादवले सञ्चालन गरेको जय बजरंगबली पान पसल, चन्द्रकुमार कुशवाहले सञ्चालन गरेको माछा पसलमा क्षति पुगेको छ । त्यसैगरी जगनाथ शर्माको खाजा पसल, गोपालबहादुर विष्टको तरकारी तथा फलफूल किराना पसल, आशगोपाल श्रेष्ठको मासु पसल, चन्द्र महर्जनको पक्की घरको भित्ता, केदार श्रेष्ठको पक्की घरको भित्ता र मेघराज घलेको फास्टफुड रेष्टुरेन्टमा क्षति पुगेको छ । आगलागीबाट कति रकम बराबरको क्षति भयो भन्ने अहिले खुलिसकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २१ को निर्वाचन जसरी पनि सम्पन्न हुनुपर्छ : मेयर महर्जन
फागुन २१ को निर्वाचन जसरी पनि सम्पन्न हुनुपर्छ : मेयर महर्जन
पोखरा महानगर : हटाइएका ५६ स्वास्थ्यकर्मीले लगाए ताला
पोखरा महानगर : हटाइएका ५६ स्वास्थ्यकर्मीले लगाए ताला
इंग्ल्याण्डविरुद्ध भारतको सहज जित, अभिषेकको सानदार ब्याटिङ
इंग्ल्याण्डविरुद्ध भारतको सहज जित, अभिषेकको सानदार ब्याटिङ
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
अवैध गाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद
अवैध गाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिंदा २ जना बेपत्ता
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिंदा २ जना बेपत्ता
काठमाडौँ उपत्यकामा बाढी-पहिरोमा परेर २१ जनाको मृत्यु
काठमाडौँ उपत्यकामा बाढी-पहिरोमा परेर २१ जनाको मृत्यु
भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण
भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण
नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही
नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही
रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ
रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ