नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
६८ पटक हेरिएको
Shares
नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

सारांश

  • नेपाली सेनाले आजदेखि तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ ।
  • नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यसहित सेनाले गोरखा–जितगढी एकीकरण पदयात्राको थालनी गरेको नेपाली सेना रिपुमर्दन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।
  • “ऐतिहासिक महत्व बोकेका कोट, गढी, किल्लाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै इतिहासलाई जोगाउने पदयात्राको उद्देश्य हो, उहाँले भन्नुभयो, “सोही उद्देश्यका साथ आजदेखि गोरखा हुँदै जितगढीसम्म पदयात्राको थालनी गरिएको छ ।

२८ चैत, गोरखा ।

नेपाली सेनाले आजदेखि तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यसहित सेनाले गोरखा–जितगढी एकीकरण पदयात्राको थालनी गरेको नेपाली सेना रिपुमर्दन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो । “ऐतिहासिक महत्व बोकेका कोट, गढी, किल्लाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै इतिहासलाई जोगाउने पदयात्राको उद्देश्य हो, उहाँले भन्नुभयो, “सोही उद्देश्यका साथ आजदेखि गोरखा हुँदै जितगढीसम्म पदयात्राको थालनी गरिएको छ ।” सेनाको टोली एघारौँ दिनमा जितगढी पुग्ने छ ।

टोलीले ३०५ किलोमिटर दूरी पार गर्ने प्रमुख सेनानी क्षेत्रीले बताउनुभयो । पदयात्रामा पृथ्वीनारायण शाहले खडा गरेका कालीबक्स गण, पुरानो गोरख, बर्दवाणी गण, सवुज गण र जितगढीको लडाइँमा भाग लिएको गुरुबक्स पल्टनको टोली सहभागी भएका छन् । गोरखा दरबारस्थित हनुमान भन्ज्याङ चौताराबाट नेपालको राष्ट्रिय झन्डा, टर्च लाइट र पाँचवटै गणको झन्डा बोकेर सेनाको टोली पदयात्रामा निस्किएको हो । टोलीले पालुङटारस्थित सतिघाटमा पुगेर तनहुँलाई र तनहुँले पाल्पास्थित सेनाको टोलीलाई झन्डा हस्तान्तरण गर्ने छ ।

त्यसैगरी पाल्पाले रुपन्देही र रुपन्देहीको सेनाको टोली जितगढी पुगेर आगामी वैशाख ७ गते विजयोत्सवमा सहभागी हुने कार्यक्रम रहेको प्रमुख सेनानी क्षेत्रीले जानकारी दिनुभयो । तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच भएको लडाइँमा विजयप्राप्त गरेको दिन वैशाख ७ गतेलाई विजयोत्सवका रूपमा मनाउने गरिँदै आएको छ । पदयात्राले एकीकरण पदमार्गको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले गरे आगजनी
चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले गरे आगजनी
बेपत्ता पुरुषको शव सशस्त्रको गोताखोरले ७० फिट गहिराईबाट निकाल्यो
बेपत्ता पुरुषको शव सशस्त्रको गोताखोरले ७० फिट गहिराईबाट निकाल्यो
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
कपिलवस्तुमा बस दुर्घ*टना हुँदा एक जनाको मृ*त्यु, पाँच जना घाइते
कपिलवस्तुमा बस दुर्घ*टना हुँदा एक जनाको मृ*त्यु, पाँच जना घाइते
कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल
कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कपडामा बेरेर पलाष्टिकमा पोको पारेको अवस्थामा मानव कंकाल फेला
कपडामा बेरेर पलाष्टिकमा पोको पारेको अवस्थामा मानव कंकाल फेला
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित
दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित