बेपत्ता पुरुषको शव सशस्त्रको गोताखोरले ७० फिट गहिराईबाट निकाल्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २५, २०८१
|
|
१९ पटक हेरिएको
Shares
बेपत्ता पुरुषको शव सशस्त्रको गोताखोरले ७० फिट गहिराईबाट निकाल्यो

सारांश

  • काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता राजेन्द्र बुढाथोकिको शव सशस्त्र प्रहरीको गोताखोरले घटनास्थल भन्दा करिब  ५० मिटर पर ७० फिटको गहिराईबाट निकालेको छ ।
  • ताप्लेजुङ जिल्लाको सिरिजंघा गाँउपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा सोही गाँउपालिका–५ स्थित पेदाङ बस्ने ४५ बर्षिय बुढाथोकी मंसिर १९ गते बेपत्ता भएका थिए ।
  • उनको शव खोलाको दहमा बालुवाले पुरिएको अवस्थामा मंसिर २५ गते गोताखोरले फेला पारेको हो ।

 

२५ मंसिर,  ताप्लेजुङ । काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता राजेन्द्र बुढाथोकिको शव सशस्त्र प्रहरीको गोताखोरले घटनास्थल भन्दा करिब  ५० मिटर पर ७० फिटको गहिराईबाट निकालेको छ ।

ताप्लेजुङ जिल्लाको सिरिजंघा गाँउपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा सोही गाँउपालिका–५ स्थित पेदाङ बस्ने ४५ बर्षिय बुढाथोकी मंसिर १९ गते बेपत्ता भएका थिए । उनको शव खोलाको दहमा बालुवाले पुरिएको अवस्थामा मंसिर २५ गते गोताखोरले फेला पारेको हो । घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर तथा बिपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज मंसिर १९ गते नै उनको खोजीकार्यमा निरन्तर  खटिएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?