Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १३, २०८२
|
|
३९ पटक हेरिएको
Shares
जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार

सारांश

  •    जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार रहेका छन्।
  • जलेश्वर कारागार तोडेर भागेका ४० भारतीयसहित  ५७६ कैदीबन्दी मध्ये ३०३ जना फर्किसकेका जेलर अशोककुमार क्षेत्रीले बताए।
  • तर अझै पनि भागेका कैदीबन्दी आउने क्रम भने जारी रहेको क्षेत्रीको भनाई छ।

१३ मंसिर, काठमाडौं ।  

जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार रहेका छन्। जलेश्वर कारागार तोडेर भागेका ४० भारतीयसहित  ५७६ कैदीबन्दी मध्ये ३०३ जना फर्किसकेका जेलर अशोककुमार क्षेत्रीले बताए। तर अझै पनि भागेका कैदीबन्दी आउने क्रम भने जारी रहेको क्षेत्रीको भनाई छ।

कारागार तोडेर भागेका कैदीबन्दीलाई भदौ २५ गते कारागार प्रशासनले फर्किन आह्वान गरेको थियो । जेलर क्षेत्रीले फर्की नआउने फरार कैदीबन्दी उपर कारागार ऐन २०७९ र अन्य नेपालको प्रचलित कानुन बमोजिम कारबाही हुने तथा कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति उपर पनि कानुन बमोजिम कारबाही हुने बताए। जलेश्वर कारागारबाट भागेकामध्ये १३ कैदीबन्दीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राऊ गरी पुनः कारागार फर्काउन मद्दत गरेका थिए भने बाँकी कैदीबन्दी आफैँ स्वेच्छाले कारागारमा फर्किएका हुन्।  फरार कैदीबन्दीको खोजतलाश गरिरहेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने
यी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने
नारायणगढ-मुग्लिन सडकखण्डको सिमलताल नजिक बस दुर्घटना हुँदा ६ जना घाइते
नारायणगढ-मुग्लिन सडकखण्डको सिमलताल नजिक बस दुर्घटना हुँदा ६ जना घाइते
दुर्गा प्रसाईँको उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश
दुर्गा प्रसाईँको उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश
सन्दीपको मुद्दालाई अर्को हप्ता प्राथमिकता साथ पेशीमा राखिने
सन्दीपको मुद्दालाई अर्को हप्ता प्राथमिकता साथ पेशीमा राखिने
प्रचण्ड निवासमा तोडफोड, नजिकको प्रहरी बिटमा आगजनी
प्रचण्ड निवासमा तोडफोड, नजिकको प्रहरी बिटमा आगजनी
पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ
पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु
एमाले जग्गादानविरुद्धको रिट निवेदन सर्वोच्चद्वारा खारेज
एमाले जग्गादानविरुद्धको रिट निवेदन सर्वोच्चद्वारा खारेज
आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्दैछौं: अर्थमन्त्री
आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्दैछौं: अर्थमन्त्री
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर