कांग्रेस केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक १८, २०८२
|
|
२७ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो

सारांश

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा लगाइएको ताला खुलाइएको छ ।
  • कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलपछि ताला खुलाइएको हो ।
  • नियमित महाधिवेशन र युवा प्रतिनिधित्वको माग सहित युवाहरूले ताला लगाएका थिए ।

१८ कात्तिक, काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा लगाइएको ताला खुलाइएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलपछि ताला खुलाइएको हो । नियमित महाधिवेशन र युवा प्रतिनिधित्वको माग सहित युवाहरूले ताला लगाएका थिए ।

विद्यार्थी नेता भुवन भट्टका अनुसार कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशन र युवा प्रतिनिधित्वको सुनिश्चितता बारे केन्द्रीय समितिमा छलफल गर्ने र निर्णय लिने प्रतिवद्धता गरेपछि ताला खोलिएको हो । दुईदिन अघि देखि लगाइएको ताला केन्द्रीय समिति बैठक सुरु हुनु अघि खोलिएको हो । शुक्रबारदेखि स्थगित हुँदै आएको केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?