२७८० अंकमा सेयर बजार, चम्कियो निर्जीवन बीमा
सारांश
- अघिल्लो दिन २२.
- २१ अंक बढेको सेयर बजार बुधबार जम्मा २.
- ६६ अंक बढेको छ ।
२० जेठ, काठमाडौं ।
अघिल्लो दिन २२.२१ अंक बढेको सेयर बजार बुधबार जम्मा २.६६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७८० अंकमा कायम भएको छ । बजार दिनभर नै सामान्य उतारचढावमा रह्यो । १४९ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब २६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७३ करोडको भयो । अघिल्लो दिन फाइनान्स समूहमा आकर्षण देखिएको थियो । सो समूह अघिल्लो दिन सबैभन्दा धेरै ६ प्रतिशत बढेको थियो । आज भने निर्जीवन बीमा समूहमा आकर्षण देखियो । यो समूह आज ३.३७ प्रतिशत बढ्यो । आजको वृद्धिपछि निर्जीवन बीमा समूह वैशाख २ यताकै उच्च बिन्दुमा पुगेको छ ।

बजेटले तेस्रो पक्षको बीमांक रकम दोब्बर बढाएर १० लाख पुर्याएको छ, जसले निर्जीवन बीमा कम्पनीको व्यवसाय बढ्न मद्दत पुग्ने भएकाले पनि आकर्षण बढेको हो । त्यस्तै जीवन बीमा १.७३, उत्पादन तथा प्रशोधन ०.४२, माइक्रोफाइनान्स ०.४५, होटल तथा पर्यटन ०.१८ तथा विकास बैंक ०.६६ प्रतिशत बढे । अन्य समूह सबैभन्दा धेरै २.३६ प्रतिशत घट्यो । त्यस्तै व्यापार ०.२४, लगानी ०.२०, जलविद्युत् ०.११, फाइनान्स १.१६ तथा बैंकिङ ०.१३ प्रतिशत घटे । कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशत बढ्यो । त्यस्तै एसबीएल डिबेन्चर (२०८४) को मूल्य १४.९३ प्रतिशत बढ्यो ।

विजय लघुवित्तको ८.७३, सयपत्रि हाइड्रोपावरको ७.०५ तथा नेपाल इन्स्योरेन्सको ६.१७ प्रतिशत मूल्य बढ्यो । नेपाल पुनर्बीमाको मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशत घट्यो । सेन्ट्रल फाइनान्सको ३.४८, हिमालयन रिइन्स्योरेन्सको ३.३९ तथा त्रिशूली जलविद्युतको मूल्य ३.३९ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, नेपाल इन्स्योरेन्स र नेसनल हाइड्रोपावर छन् ।


प्रतिक्रिया