एनपीएल : कर्णाली दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३, २०८१
|
|
३९ पटक हेरिएको
Shares
एनपीएल : कर्णाली दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन

सारांश

  • आज बुधबार भएको खेलमा कर्णाली याक्ससँग पराजित भएसँगै चितवन बाहिरिएको हो।
  • कर्णालीले चितवनलाई २१ रनले पराजित गर्‍यो ।
  • कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा १७५ रन बनायो।

३ पुस, काठमाडौँ- जारी नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायर छनोट खेलमा चितवन राइनोज बाहिरिएको छ। आज बुधबार भएको खेलमा कर्णाली याक्ससँग पराजित भएसँगै चितवन बाहिरिएको हो। कर्णालीले चितवनलाई २१ रनले पराजित गर्‍यो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा १७५ रन बनायो। जवाफमा उत्रिएको चितवनले २० ओभरमा १५४ रनमात्रै बनायो। चितवनका रवि बोपाराले सर्वाधिक ५३ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दा नन्दन यादवको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। कप्तान कुशल मल्ल २१ रनमा विपिन शर्माको बलमा बोल्ड आउट भए। विपिन रावलले १८ र लुक वेनकेन्स्टाइनले १६ रन थपे। अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन्। कर्णालीका लागि जिसन मक्सुदले तीन विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान २ विकेट लिए। विपिन शर्माले एक विकेट लिए।

कर्णालीका लागि विलियम बसिस्टो र चान्डविक वाल्टनले ६७ रनको साझेदारी गरे। विलियन ५२ रन बनाउँदै सोहेल तनविरको बलमा बोल्ड आउट भए। उनले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। चाडविक ४६, सोमपाल कामी शून्य रनमा नटआउट रहे। चान्डविकले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। ओपनर जयकिसन कोल्सावाला ५३ रन बनाउँदै क्याच आउट भए। १३ औ ओभरको चौथो बलमा जयनकिसन रवि बोपाराको बलमा शरद भेषावकरको हातबाट क्याच आउट भए। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। उनले ३६ बलमा ४ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।

जिसन मक्सुद १४ रनमा क्याच आउट भए। १२ बलमा १ चौका र १ छक्का हानेका मक्सुद शरद भेषावकरको बलमा रन्जित कुमारको हातबाट क्याच आउट हुन पुगे। देव खनाल ३ रनमा रनआउट भए। रित गौतम र गुल्सन झा शुन्य रनमा नै आउट भए। चितवनका लागि सोहेल तनविरले दुई विकेट लिए। शरद भेषावकर, रवि बोपारा र कुशल मल्लले समान एक विकेट आफ्नो नाममा गरे। कर्णालीले अब फाइनलमा स्थान बनाउनका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीविरुद्ध खेल्नेछ। पहिलो क्वालिफायरमा आजै सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्पष्टीकरण चित्तबुझ्दो नभएपछि तोडियो सडक निर्माणका २५ रुग्ण ठेक्का
स्पष्टीकरण चित्तबुझ्दो नभएपछि तोडियो सडक निर्माणका २५ रुग्ण ठेक्का
अमेरिकासँग वार्ता गर्नुको तुक छैन: इरानी सांसद
अमेरिकासँग वार्ता गर्नुको तुक छैन: इरानी सांसद
कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाको सनाखत, ६ जना एकै पालिकाका
कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाको सनाखत, ६ जना एकै पालिकाका
महोत्तरीमा बालेनको पुर्ख्यौली घरमा तोडफोड गरिएको भिडिओ, सत्यता के हो?
महोत्तरीमा बालेनको पुर्ख्यौली घरमा तोडफोड गरिएको भिडिओ, सत्यता के हो?
पत्रकार कृष्ण थपलिया स्थानीय प्रतिभा पुरस्कारबाट सम्मानित
पत्रकार कृष्ण थपलिया स्थानीय प्रतिभा पुरस्कारबाट सम्मानित
भारतको सिमलामा भएको गाडी दुर्घटनामा ४ जना नेपालीको मृ*त्यु, २ घाइते
भारतको सिमलामा भएको गाडी दुर्घटनामा ४ जना नेपालीको मृ*त्यु, २ घाइते
देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ: गृहमन्त्री लेखक
देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ: गृहमन्त्री लेखक
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेट
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड
सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक प्रहरीको कारवाहीमा
सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक प्रहरीको कारवाहीमा