विराटनगरको रानी क्षेत्रमा झडप, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ५, २०८१
|
|
८७ पटक हेरिएको
Shares
विराटनगरको रानी क्षेत्रमा झडप, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार

सारांश

  • दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ ।
  • राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर्काे समूहले अवरोध गरेको थियो ।
  • बुधबार दिउँसो अवरोधपछि सुरू भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको हो ।

५ वैशाख, विराटनगर । दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ ।

राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर्काे समूहले अवरोध गरेको थियो । बुधबार दिउँसो अवरोधपछि सुरू भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको हो । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

स्थानीयबासीका अनुसार विराटनगरको वडा नम्बर १५ र १७ को बीचमा एउटा समूहले र्‍यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो । अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको मोरङ प्रहरी उपरीक्षक कार्कीले बताए । उनका अनुसार दुवै समूह तितरबितर भएपछि अहिले अवस्था सामान्य हुँदै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?