नेपाल सुशासन र विकासको अभियानमा छः प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १५, २०८२
|
|
३६ पटक हेरिएको
Shares
नेपाल सुशासन र विकासको अभियानमा छः प्रधानमन्त्री ओली

सारांश

  •   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुशासन र विकासको अभियानमा अघि बढेको बताउनुभएको छ ।
  • सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले नेपालले समृद्धि हाँसिल गर्न चाहेको र सोहीअनुसार काम अघि बढाइरहेको जिकिर गर्नुभयो ।

१५ साउन, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुशासन र विकासको अभियानमा अघि बढेको बताउनुभएको छ । सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालले समृद्धि हाँसिल गर्न चाहेको र सोहीअनुसार काम अघि बढाइरहेको जिकिर गर्नुभयो । नेपाललाई सभ्य, समृद्ध, विकसित राष्ट्र बनाउन आफूले चाहेको बताउनु भयो ।

नेपालीहरुको चाहना र गन्तव्य समृद्ध नेपाल र सुखी नेपाली रहेको भन्दै त्यसलाई साकार बनाउनेतर्फ आफूहरु अघि बढिरहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाल अहिले सुशासन र विकासको अभियानमा अघि बढेको छ । जसबाट हामी समृद्धि हाँसिल गर्न चाहन्छौँ । र एउटा सभ्य, समृद्ध, विकसित राष्ट्र बनाउन चाहन्छौँ । हामीले गन्तव्य आफ्नो बनाएको भनेको हामी सबै नेपाली जनताको साझा आकांक्षा समृद्ध नेपाल  र सुखी नेपाली हो ।

त्यसलाई साकार पार्ने गन्तव्यतर्फ क्रियाशिल छौँ । यस यात्रामा सैनिक कल्याण्कारी कोषले विभिन्न कार्यक्रममार्फत देश रक्षाको धरोहरको रुपमा रहेको नेपाली सेना तथा भुतपूर्व सैनिकहरुलाई एकतावद्ध गराउन र अघि बढाउन योगदान पु¥याएको छ ।’ प्रधानमन्त्री ओलीले सैनिक कल्याणकारी कोषको आम्दानीको श्रोत घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली नेपाल-भारत बीचको फाइनल खेल हेर्न जाने
प्रधानमन्त्री ओली नेपाल-भारत बीचको फाइनल खेल हेर्न जाने
मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमको विजयीपछिको खुशीयाली
मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमको विजयीपछिको खुशीयाली
पर्सा र महोत्तरीका सीडीओलाई गृहमन्त्री लेखकले सोधे स्पष्टीकरण
पर्सा र महोत्तरीका सीडीओलाई गृहमन्त्री लेखकले सोधे स्पष्टीकरण
रास्वपाद्वारा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो
रास्वपाद्वारा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो
मधेसवादी दलका नेताहरुको दोहोरो चरित्रका कारण मधेस उजाड : प्रभु साह
मधेसवादी दलका नेताहरुको दोहोरो चरित्रका कारण मधेस उजाड : प्रभु साह
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
संयन्त्र डाकेर छलफल गर्न ओली-देउवा तयार
संयन्त्र डाकेर छलफल गर्न ओली-देउवा तयार
पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल
पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल
शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन
शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन
नारायणगढ–मुग्लिन सडकः २५ ठाउँमा पहिरोको जोखिम
नारायणगढ–मुग्लिन सडकः २५ ठाउँमा पहिरोको जोखिम