सरकारले परिणाम आउने गरी काम गर्न सकेनः माधव नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
४२ पटक हेरिएको
Shares
सरकारले परिणाम आउने गरी काम गर्न सकेनः माधव नेपाल

सारांश

  •   नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले परिणाम आउने गरी काम गर्न नसकेको बताउनुभएको छ ।
  • बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले अहिले देशमा कम्युनिष्ट प्रधानमन्त्री नै रहनुभएको तर देशमा परिणम आउने गरी काम गर्न नसकेको बताउनु भयो ।

७ साउन, काठमाडौं । 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले परिणाम आउने गरी काम गर्न नसकेको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देशमा कम्युनिष्ट प्रधानमन्त्री नै रहनुभएको तर देशमा परिणम आउने गरी काम गर्न नसकेको बताउनु भयो ।

उहाँले नेपालमा कस्तो किसिमको अर्थतन्त्र, आर्थिक नीति अवलम्वन गर्ने भन्नेमा बहस गर्न जरुरी रहेको बताउनु भयो । उहाँले अहिले पनि जनतामा निराशा रहेको बताउनु भयो ।  अध्यक्ष नेपालले भन्नुभयो, ‘नेपालमा कस्तो किसिमको अर्थतन्त्र, आर्थिक नीति अवलम्वन गर्ने त्यसमा बहस गरौँ हामी । अहिले पनि कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व गरिरहनुभएको छ ।

तर देशको अवस्था राम्रो छैन । जनतामा निराशा छ । परिणाम आउने गरी काम भइरहेको छैन । कस्तो विडम्वना एक जना छाउपडी प्रथाको शिकार भएर मर्नुपरेको छ । त्यो समाजले हटाउन सकेको छैन । कम्युनिष्ट पार्टीहरु पनि त्यहाँ छन् तर हटाउन चाहँदैनन् ।’ अध्यक्ष नेपालले छुवाछुत, छाउपडी लगायतका प्रथाको अन्त्य गर्न जागरण अभियानको जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन
संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन
धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु
धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु
त्रिविको ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउनेको नामावली सार्वजनिक
त्रिविको ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउनेको नामावली सार्वजनिक
जवाङखोलाको पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन
जवाङखोलाको पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
बालकुमारीमा जसपा केन्द्रीय संगठन विभागको बैठक
बालकुमारीमा जसपा केन्द्रीय संगठन विभागको बैठक
  विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
  विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
चितवनको फिस्लिङमा पहिरो, राजमार्ग बन्द
चितवनको फिस्लिङमा पहिरो, राजमार्ग बन्द
बागमती नदी कोरिडोरलाई सफा राख्न मन्त्री घिसिङको निर्देशन
बागमती नदी कोरिडोरलाई सफा राख्न मन्त्री घिसिङको निर्देशन
विराटनगरमा ११ बजेपछि यातायात बन्द आह्वान
विराटनगरमा ११ बजेपछि यातायात बन्द आह्वान