राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ११, २०८१
|
|
४१ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता

सारांश

  •  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर ( राजा ) शेख तमिम बिन हमाद अल थानी बिच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता शुरु भएको छ ।
  • भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ ।
  • कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति भवन शीतल निवास आइपुग्दा उनलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए ।

११ वैशाख, काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर ( राजा ) शेख तमिम बिन हमाद अल थानी बिच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता शुरु भएको छ ।

भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति भवन शीतल निवास आइपुग्दा उनलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए ।  भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम् सल्लाहकार सहभागी छन्। साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलकोसमेत सहभागिता छ । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर ( राजा ) शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपरान्ह नेपाल आइपुगेका हुन् ।

राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए।  राष्ट्रपति पौडेलसँगको भेटवार्ताका लागि विमानस्थलबाट कतारका अमिर शीतल निवास पुगेका हुन् ।  कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । कतारका अमिरको भ्रमणका अवसरमा सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिर थानी आजै साँझ राष्ट्रपति पौडेलले सोल्टी होटेलमा आयोजना गर्ने रात्रीभोजमा सरिक हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक महिनामा त्रिभुवन विमानस्थलबाट ७ लाख यात्रुले लिए सेवा
एक महिनामा त्रिभुवन विमानस्थलबाट ७ लाख यात्रुले लिए सेवा
१८ वर्षपछि फरार प्रतिवादी पक्राउ
१८ वर्षपछि फरार प्रतिवादी पक्राउ
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा
माघ महिनाका लागि कुन कुन वाणिज्य बैंकहरुले घटाए ब्याजदर ?
माघ महिनाका लागि कुन कुन वाणिज्य बैंकहरुले घटाए ब्याजदर ?
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै सुदूरपश्चिम
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै सुदूरपश्चिम
महाधिवेशन पार्टीलाई वैधानिकतातर्फ लैजाने बाटो हो : रवि लामिछाने
महाधिवेशन पार्टीलाई वैधानिकतातर्फ लैजाने बाटो हो : रवि लामिछाने
ब्राह्मण समाज नेपालको विविध निर्णय 
ब्राह्मण समाज नेपालको विविध निर्णय 
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान
नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह प्रदान
युनेस्कोका क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सम्पन्न
युनेस्कोका क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सम्पन्न