१८ वर्षपछि फरार प्रतिवादी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ८, २०८१
|
|
३१ पटक हेरिएको
Shares
१८ वर्षपछि फरार प्रतिवादी पक्राउ

सारांश

  • जिल्लाको साविक त्रिवेणी गाउँ विकास समिति वडा नम्बर १ हाल पैयु गाउँपालिका वडा नम्बर २ बस्ने  ५८ वर्षका भीमबहादुर बिक भन्ने भीमबहादुर सुनारलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।
  •   विकलाई जिल्ला प्रहरी कार्यालय पर्वत र ईलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जिल्ला  प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बताए।
  • प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार सुनार घरमा लुकीछिपी बसिरहेका छन् भन्ने सूचना प्राप्त हुनासाथ खोजतलास गर्दा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।

 

८ असोज , पर्वत प्रहरीले जबर्जस्ती करणीसम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ।

जिल्लाको साविक त्रिवेणी गाउँ विकास समिति वडा नम्बर १ हाल पैयु गाउँपालिका वडा नम्बर २ बस्ने  ५८ वर्षका भीमबहादुर बिक भन्ने भीमबहादुर सुनारलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।  विकलाई जिल्ला प्रहरी कार्यालय पर्वत र ईलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जिल्ला  प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बताए।

प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार सुनार घरमा लुकीछिपी बसिरहेका छन् भन्ने सूचना प्राप्त हुनासाथ खोजतलास गर्दा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो। सुनारलाई पर्वत जिल्ला अदालतको मिति २०६३।१२।२१ गतेको फैसला बमोजिम जबर्जस्ती करणीसम्बन्धी कसुरमा १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो। फैसला भएपछि सुनार १८ वर्षसम्म फरार थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?