कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति, चुनाव चिह्न चिम

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २४, २०८२
|
|
२४ पटक हेरिएको
Shares
कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति, चुनाव चिह्न चिम

सारांश

  • उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ ।
  • तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो ।
  • चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ ।

२४ कात्तिक, काठमाडौं।

उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ । तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ । यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै पार्टीको नाम लिएर आयोग जाने सहमति गरेको हो । तत्कालको लागि कोही पदाधिकारी नहुने कुलमान घिसिङनिकट एक नेताले बताए ।

उनकाअनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय कमिटी आउने छ । ‘सुमना जी, अरु केही पदाधिकारीमा रहने साथीहरू पछि दोस्रो चरणमा जोडिनुहुन्छ। अहिलेको लागि प्लेन नै आउँछ,’ ती नेताले भने, ‘अहिले हामी माइन्यूटिङ र हस्ताक्षरको काम गर्दैछौँ । सम्भव भएसम्म आज ४ बजेसम्म टुंगाएर आजै दर्ताको प्रयास हुन्छ। नभए भोलि।’ अहिले केन्द्रीय कमिटीमा रहनेको नाम टुंगाउनको लागि छलफल चलिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलोत्तमामा मजदुरबीच झडप हुँदा एकको मृत्यु, ३ जना गम्भीर घाइते
तिलोत्तमामा मजदुरबीच झडप हुँदा एकको मृत्यु, ३ जना गम्भीर घाइते
माधव नेपाललाई मुद्दा दायर हुनुमा सरकारको कुनै भूमिका छैन: सञ्चारमन्त्री गुरुङ
माधव नेपाललाई मुद्दा दायर हुनुमा सरकारको कुनै भूमिका छैन: सञ्चारमन्त्री गुरुङ
अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा
अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा
केरुङमा फसेका २०३ नेपालीको १५ दिनपछि उद्धार
केरुङमा फसेका २०३ नेपालीको १५ दिनपछि उद्धार
सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने
सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट
देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला
देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला
सानिमा जलविद्युतमा कार्यरत मजदुरकाे लडेर मृ*त्यु
सानिमा जलविद्युतमा कार्यरत मजदुरकाे लडेर मृ*त्यु