योजना आयोग बैठकः आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १५, २०८२
|
|
३५ पटक हेरिएको
Shares
योजना आयोग बैठकः आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत

सारांश

  •   प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत गरेको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम आर्थिक वर्ष २०८२÷०८३–२०८४÷८५ सम्म त्रिवर्षीय मध्यमकालीन संरचनाको वार्षिक विकास कार्यक्रम स्वीकृत गरेको हो ।
  • सोही खर्च संरचनाभित्र आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक आयव्ययको विवरण समाहित हुनेछ ।

१५ जेठ, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम आर्थिक वर्ष २०८२÷०८३–२०८४÷८५ सम्म त्रिवर्षीय मध्यमकालीन संरचनाको वार्षिक विकास कार्यक्रम स्वीकृत गरेको हो ।

सोही खर्च संरचनाभित्र आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक आयव्ययको विवरण समाहित हुनेछ । बैठकले बजेट तर्जुमा प्रक्रियालाई थप व्यवस्थित बनाउन आगामी आर्थिक वर्षदेखि राष्ट्रिय स्रोत अनुमान समितिबाट निर्धारित स्रोत अनुमान तथा सीमाका आधारमा आयव्ययको अनुमान तयार हुनुअगावै अन्तिम रुप दिई अर्थ मन्त्रालयमा पठाउन आवश्यक तयारी गर्ने निर्णय पनि गरेको छ । आयोगका उपाध्यक्ष प्रा शिवराज अधिकारीले आगामी तीन आर्थिक वर्षको स्रोत अनुमान तथा प्रक्षेपण, आयोजनाको विश्लेषण र प्राथमिकीकरणसहितको विवरण प्रस्तुत गर्दै आर्थिक अनुशासनसहितको विकासमा जोड दिन सबै मन्त्रालयलाई बुझाउने काम भइरहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ पुर्जी जारी भएपछि फरार भए सहकारी पूर्वरजिस्ट्रार
पक्राउ पुर्जी जारी भएपछि फरार भए सहकारी पूर्वरजिस्ट्रार
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?
ठमेलमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत
ठमेलमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत
पाकिस्तानसँग अब कुनै पनि खेल खेल्न नहुने , गाैतम गम्भीर
पाकिस्तानसँग अब कुनै पनि खेल खेल्न नहुने , गाैतम गम्भीर
काभ्रेमा बस दुर्घटना: १७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर
काभ्रेमा बस दुर्घटना: १७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर
वीरगञ्ज भन्सारद्वारा साउनमा १२ अर्ब १६ करोड राजस्व सङ्कलन, साढे ३ प्रतिशतले घट्यो आयात
वीरगञ्ज भन्सारद्वारा साउनमा १२ अर्ब १६ करोड राजस्व सङ्कलन, साढे ३ प्रतिशतले घट्यो आयात
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो
इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित
इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित
रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै