लगानीकर्ता पछाडि हटे, नेप्सेमा १४ अर्ब तल झर्‍यो कारोबार रकम

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १२, २०८१
|
|
२६ पटक हेरिएको
Shares
लगानीकर्ता पछाडि हटे, नेप्सेमा १४ अर्ब तल झर्‍यो कारोबार रकम

सारांश

  • मंगलबार १८ अर्ब ६४ करोड ९५ लाख बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार भने जम्मा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार बराबरको कारोबार भएको हो ।
  • बुधबार दिनभर उतारचढाव भएर नेप्से अन्तिम समयमा ३.
  • ८० अंकले बढेर २७८६.

१२ भदौ , काठमाडौं– कांग्रेस–एमाले गठबन्धनको सरकार निर्माण हुने प्रक्रियासँगै कारोबार बढेको सेयर बजारमा पछिल्लो केही दिनयता भने कारोबार घट्दै गएको छ ।मंगलबार १८ अर्ब ६४ करोड ९५ लाख बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार भने जम्मा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार बराबरको कारोबार भएको हो । बुधबार दिनभर उतारचढाव भएर नेप्से अन्तिम समयमा ३.८० अंकले बढेर २७८६.४० अंकमा पुगेको छ । बुधबारको शेयर कारोबारमा ९७ वटा कम्पनीको मूल्य बढ्यो भने १४३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । त्यस्तै, ४ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन ।बुधबार नेप्सेमा ३ करोड ५० लाख ७ हजार ३९ कित्ता शेयरको कारोबार भएको छ । जसमध्ये बैंकिङ समूह, होटेल तथा पर्यटन समूह, हाइड्रो समूह, लगानी समूह, उत्पादन तथा प्रशोधन समूह, म्युचुअल फन्ड र अन्य समूहको शेयर मूल्यमा वृद्धि भएको छ । तर, आज नेप्सेमा भएको शेयर कारोबारमा विकास बैंक, फाइनान्स, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार समूहको शेयर मूल्यमा भने गिरावट आयो ।बुधबार नेप्सेको सेन्सेटिभ इन्डेक्स १.६८ र फलेट इन्डेक्स ०.२१ अंकले बढ्यो भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०४ अंकले घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन आउँदैछन् भारतका प्रधानसेनापति धीरज सेठ नेपाल ?
किन आउँदैछन् भारतका प्रधानसेनापति धीरज सेठ नेपाल ?
अवैध रुपमा नेपाल छिरेका ३ जना भुटानी-अमेरिकी नागरिक झापाबाट पक्राउ
अवैध रुपमा नेपाल छिरेका ३ जना भुटानी-अमेरिकी नागरिक झापाबाट पक्राउ
सुनसरी घटनाको प्रभाव : सिरहामा राजमार्ग अवरुद्ध, विराटनगरका विद्यालय बन्द
सुनसरी घटनाको प्रभाव : सिरहामा राजमार्ग अवरुद्ध, विराटनगरका विद्यालय बन्द
मन्त्री रावल, मधेशका मुख्यमन्त्री र सांसद रहबर अन्सारीबीच छलफल
मन्त्री रावल, मधेशका मुख्यमन्त्री र सांसद रहबर अन्सारीबीच छलफल
रूपन्देहीमा आजदेखि रवि लामिछानेको थुनछेक बहस
रूपन्देहीमा आजदेखि रवि लामिछानेको थुनछेक बहस
तुइन खोला नजिक ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक बन्द
तुइन खोला नजिक ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक बन्द
अघि बढ्यो चलचित्र विधेयक
अघि बढ्यो चलचित्र विधेयक
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्: मन्त्री गुप्ता
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्: मन्त्री गुप्ता
अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन
अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन
गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृ*त्यु
गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृ*त्यु