किन आउँदैछन् भारतका प्रधानसेनापति धीरज सेठ नेपाल ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ३१, २०८३
|
|
३ पटक हेरिएको
Shares
किन आउँदैछन् भारतका प्रधानसेनापति धीरज सेठ नेपाल ?

सारांश

  • प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ चारदिने औपचारिक भ्रमणका लागि आज अपराह्न नेपाल आउँदै छन्।
  • नेपाली सेनाका अनुसार भ्रमणका क्रममा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने विशेष समारोहमा भारतीय सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यायनी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
  • नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले भोलि नै जङ्गी अड्डामा नेपाली र भारतीय सेनाप्रमुखबीच द्विपक्षीय वार्ता हुने जानकारी दिए।

 

३१ साउन, काठमाडौं ।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ चारदिने औपचारिक भ्रमणका लागि आज अपराह्न नेपाल आउँदै छन्। नेपाली सेनाका अनुसार भ्रमणका क्रममा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने विशेष समारोहमा भारतीय सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यायनी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले भोलि नै जङ्गी अड्डामा नेपाली र भारतीय सेनाप्रमुखबीच द्विपक्षीय वार्ता हुने जानकारी दिए। वार्तामा दुई देशबीचको सैन्य सहयोग, तालिम, अनुभव आदानप्रदान तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। नेपाल र भारतबीच लामो समयदेखि घनिष्ठ सैन्य सम्बन्ध रहँदै आएको छ। दुवै देशका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदान नियमित रूपमा हुँदै आएको छ। नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा सन् १९५० देखि सुरु भएको हो। यो परम्परालाई नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक सम्मान र सैन्य सहकार्यको महत्वपूर्ण प्रतीकका रूपमा लिइन्छ। भारतीय सेनाध्यक्ष सेठको भ्रमणले नेपाल–भारत सैन्य सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ