बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
२४ पटक हेरिएको
Shares
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

सारांश

  •   नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।
  • विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्कीवास खोलामा बनाइएको वैकल्पिक बाटो आज दिउँसो आएको बाढीले बगाएपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो ।
  • जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार यात्रुवाहक सवारीसाधन र साना सवारीसाधन होङ्सी गेटबाट सर्दीको भित्री वैकल्पिक बाटो प्रयोग गरी सञ्चालन गरिएको छ भने मालवाहक सवारीसाधन एक लेनमा रोकी व्यवस्थापन गरिएको छ ।

२३ जेठ , नवलपरासी । 

नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्कीवास खोलामा बनाइएको वैकल्पिक बाटो आज दिउँसो आएको बाढीले बगाएपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार यात्रुवाहक सवारीसाधन र साना सवारीसाधन होङ्सी गेटबाट सर्दीको भित्री वैकल्पिक बाटो प्रयोग गरी सञ्चालन गरिएको छ भने मालवाहक सवारीसाधन एक लेनमा रोकी व्यवस्थापन गरिएको छ । खोलामा पानीको बहाव घटेसँगै डाइभर्सन मर्मत कार्य सुरू हुने जनाइएको छ । गत २६ गते पुसमा भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्कीवासको पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ ।

बुटवल नारायणगढ सडक आयोजनाले विनयी खोलामा नयाँ पुल निर्माण सम्पन्न भएसँगै वर्षा अगाडि नै पुल सञ्चालनमा आउने जनाएको छ । यता पूर्वपश्चिम राजमार्गअन्तर्गत नै मध्यविन्दु नगरपालिका–७ चोरमारामा भाँचिएको पुल आज दिउँसोदेखि सञ्चालनमा आएको छ । गत वैशाख २९ गते बीचबाट चर्किएको पुल मर्मत गरी आजदेखि सञ्चालनमा ल्याइएको मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग
लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग
वडाध्यक्ष बोखिमले हङकङबाट पठाए राजीनामा
वडाध्यक्ष बोखिमले हङकङबाट पठाए राजीनामा
संस्कृतिक कार्यक्रम मेला तथा कुनै कार्यक्रम संचालन गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही गर्ने: न.पा. प्रमुख सिंह
संस्कृतिक कार्यक्रम मेला तथा कुनै कार्यक्रम संचालन गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही गर्ने: न.पा. प्रमुख सिंह
इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
कोशी र बागमतीका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध
कोशी र बागमतीका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध
तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा
तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा
विश्वकप लिग–२ मा आज नेपाल र अमेरिका भिड्दै
विश्वकप लिग–२ मा आज नेपाल र अमेरिका भिड्दै
रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुने
सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुने
नेप्सेका कर्मचारी आन्दोलित: अध्यक्ष बस्याललाई कार्यालयमा प्रवेश निषेध
नेप्सेका कर्मचारी आन्दोलित: अध्यक्ष बस्याललाई कार्यालयमा प्रवेश निषेध