रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
४२ पटक हेरिएको
Shares
रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) टी–२ मा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
  • टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनायो ।
  • चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रन बनाए ।

४ मंसिर, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) टी–२ मा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनायो ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रन बनाए । उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । कप्तान कुशल मल्ल २१, सैफ जैब १५, दीपक बोहरा१०, डविड मलान ०, देव खनाल १४ र सोहिल तन्विर ५ रनमा आउट भए । अर्जुन साउद ८ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका रुवेन ट्रम्पेल्मेनले सर्वाधिक ३ विकेट लिए । अभिषेश गौतम र गुलबदिन नैबले दुईदुई विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...