पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एकजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष ७, २०८०
|
|
२९ पटक हेरिएको
Shares
पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एकजना पक्राउ

सारांश

  • पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ ।
  • अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् ।
  • उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् ।

७ पुस, पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ ।

अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् । ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ । कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताए ।  ‘उनी मकै खाएर बसेका रहेछन् । खोया फाल्ने क्रममा स्टेजतिर गएको भन्ने छ,’ उनले भने, ‘कार्यकर्ताले चाहिँ ढुंगा हानेको भनेर आक्रमण गरेछन् । उनी हाम्रो नियन्त्रणमा छन् ।’  प्रत्यक्षदर्शी सौगात पोखरेलका अनुसार उनले ताकेरै लामिछानेलाई प्रहार गरेका थिए ।   ‘हानेको हो । हामीले देखेका थियौं,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री
प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन
प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन
गणतन्त्रविरोधी गतिविधिलाई राजनीतिक दल र जनता एकजुट भएर अस्वीकार गर्नुपर्छ : सभामुख घिमिरे
गणतन्त्रविरोधी गतिविधिलाई राजनीतिक दल र जनता एकजुट भएर अस्वीकार गर्नुपर्छ : सभामुख घिमिरे
रास्वपा नेतृ राई एमालेमा प्रवेश
रास्वपा नेतृ राई एमालेमा प्रवेश
रास्वपाले सार्वजनिक गर्‍यो समानुपातिक आकांक्षीको अन्तिम सूची
रास्वपाले सार्वजनिक गर्‍यो समानुपातिक आकांक्षीको अन्तिम सूची
वीरगन्ज महानगरको बजेट बढ्यो, पर्यटन, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
वीरगन्ज महानगरको बजेट बढ्यो, पर्यटन, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै
दुई सातामा ३० हजार मेट्रिक टन ग्यास आयात भएको दाबी, तर उपभोक्ता लाइनमै
मुग्लिन-पोखरा सडक धमाधम विस्तार गरिँदै
मुग्लिन-पोखरा सडक धमाधम विस्तार गरिँदै
प्रतिपक्षी दलको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिपक्षी दलको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ
चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ