Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना, स्वास्थ्य समस्या के हो ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
१६२ पटक हेरिएको
Shares
शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना, स्वास्थ्य समस्या के हो ?

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् ।
  • उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।
  • स्रोतका अनुसार ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण अस्पताल गएकी थिइन् ।

 

१५ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् । उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् । स्रोतका अनुसार ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण अस्पताल गएकी थिइन् । उनलाई चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार थालिएको थियो ।

उनको उपचारमा नाक, कान, घाँटी विभागका चिकित्सकहरु संलग्न छन् ।  नाक, कान, घाँटीको समस्या भने अहिले सुधार हुँदै गएको एक चिकित्सकले बताए । स्रोतले भन्यो, ‘सुरुको समस्या ईएनटीको थियो, त्यो सुधार हुँदै गएको छ । तर क्षयरोग पनि हुनसक्ने शंकामा थप परीक्षणको काम पनि भइरहेको छ ।’ आज बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?