बजेट अभावले पुल निर्माणको काम प्रभावित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
२७ पटक हेरिएको
Shares
बजेट अभावले पुल निर्माणको काम प्रभावित

सारांश

  • बजेट अभावले कञ्चनपुरमा दुईवटा पुल निर्माणको काम प्रभावित भएको छ ।
  • कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली–पर्सिया जोड्ने दोदा नदीको पुल र बेदकोट नगरपालिका–७ स्थित मुसेपानी खोला पुलको काम बजेट अभावले प्रभावित बनेको महेन्द्रनगरस्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारि इन्जिनियर हरिशप्रसाद जोशीले जानकारी दिनुभयो ।
  • दोदा नदीमा पुल निर्माणका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीसँग रु २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो ।

२५ जेठ, कञ्चनपुर ।

बजेट अभावले कञ्चनपुरमा दुईवटा पुल निर्माणको काम प्रभावित भएको छ । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली–पर्सिया जोड्ने दोदा नदीको पुल र बेदकोट नगरपालिका–७ स्थित मुसेपानी खोला पुलको काम बजेट अभावले प्रभावित बनेको महेन्द्रनगरस्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारि इन्जिनियर हरिशप्रसाद जोशीले जानकारी दिनुभयो ।

दोदा नदीमा पुल निर्माणका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीसँग रु २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुससम्म सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षपछि पुल निर्माण हुन लागेको छ । “पुल निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ”, सूचना अधिकारी जोशीले भन्नुभयो, “बजेट अभावले काम प्रभावित भएको छ, हामीले रु १० करोड बजेट माग गरेका छौँ ।” त्यसैगरी मुसेपानी खोला पुलमा बजेट नहुँदा पहुँचमार्ग निर्माण हुनसकेको छैन ।

पुल निर्माणको ९२ प्रतिशत काम सम्पन्न भए पनि बजेट अभावले पहुँचमार्ग निर्माण हुन नसकेको सूचना अधिकारी जोशीले बताउनुभयो । उहाँका अनुसार २०७४ साल जेठ १० गते रु १५ करोड ४३ लाखमा राजेन्द्र लुम्बिनी जेभीसँग २०७७ जेठ १० मा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो । समयमा पुल निर्माण हुन नसक्दा पाँचपटक म्याद थप भएर २०८१ पुसभित्र सम्पन्न गरिसक्नुपर्ने समयावधि भए पनि बजेट अभावले निर्माण सम्पन्न हुन नसकेको हो । पुलको बाँकि काम सम्पन्न गर्नका लागि रु चार करोड बजेट माग गरिएको सूचना अधिकारी जोशीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
चीनसँग नजिक भयो भने सबै मिलेर अठ्याउँछन् : ओली
चीनसँग नजिक भयो भने सबै मिलेर अठ्याउँछन् : ओली
म्यान्मारमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
म्यान्मारमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो
पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो
एमाले प्रतिनिधि छनोट विवाद  : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
एमाले प्रतिनिधि छनोट विवाद : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
युक्रेनको राजधानीमा रुसले फेरि गर्‍यो हवाई आक्रमण, दुईजनाको मृत्यु, १३ जना घाइते
युक्रेनको राजधानीमा रुसले फेरि गर्‍यो हवाई आक्रमण, दुईजनाको मृत्यु, १३ जना घाइते
अनलाइन सञ्चारमाध्यमको सूचीकरण अब प्रेस काउन्सिल नेपालबाट नहुने
अनलाइन सञ्चारमाध्यमको सूचीकरण अब प्रेस काउन्सिल नेपालबाट नहुने
मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भुकम्प
मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भुकम्प
‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई गिज्याउने सिभिल अस्पतालको भिड
‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई गिज्याउने सिभिल अस्पतालको भिड