रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
२२ पटक हेरिएको
Shares
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी

सारांश

  •   संसदको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको कारवाही अघि बढेको छ ।
  • सभामुख देवराज घिमिरेले बैठक शुरु गर्न लागेपछि रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए ।
  • सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति जनाएको थियो ।

१ असार, काठमाडौं । 

संसदको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको कारवाही अघि बढेको छ ।सभामुख देवराज घिमिरेले बैठक शुरु गर्न लागेपछि रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति जनाएको थियो ।

घिमिरे बोल्न थालेपछि रास्वपाका सांसदले रोष्टम अगाडि पुगेर नाराबाजी गरेका छन् । उनीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?