सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सेयर बजार २६०६ अंकमा झर्‍यो, ७९ कम्पनीको मूल्य बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २४, २०८२
|
|
४३ पटक हेरिएको
Shares
सेयर बजार २६०६ अंकमा झर्‍यो, ७९ कम्पनीको मूल्य बढ्यो

सारांश

  • बुधबार सेयर बजार ७.
  • ८६ अंक घटेको छ ।
  • सो गिरावटपछि नेप्से परिसूचक २६०६ अंकमा अडिएको छ ।

 

२४ मंसिर, काठमाडौं ।

बुधबार सेयर बजार ७.८६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६०६ अंकमा अडिएको छ । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७३ करोडको भयो । ७९ कम्पनीको मूल्य बढ्दा १६९ को घट्यो, ९ को स्थिर रह्यो । सबै सेक्टरका सूचक झरेका छन् । यद्यपि सबैको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०५, विकास बैंक ०.२९, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.१३, हाइड्रोपावर ०.६६, लगानी ०.३२, जीवन बीमा ०.२१, उत्पादन तथा प्रशोधन ०.४२, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.३५, अन्य ०.३९ तथा व्यापार ०.०२ प्रतिशत घटे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल छन् । यीमध्ये एसवाई प्यानल आजैदेखि कारोबारमा आएको हो । त्यस्तै लक्ष्मी लघुवित्तको ८.७६, थ्रीस्टार हाइड्रोपावरको ७.१४ प्रतिशत मूल्य बढ्यो । झापा इनर्जीको मूल्य सबैभन्दा धेरै ९.३० प्रतिशत घट्यो । हिमस्टार ऊर्जा कम्पनीको ५.०५, सुपर मादी हाइड्रोपावरको ४.५९ तथा माबिलुङ इनर्जीको ४.४९ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा श्रीनगर एग्रिटेक, ङादी ग्रुप, युनिभर्सल पावर, सागर डिस्टिलरी र हिमालयन रिइन्स्योरेन्स छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फाइनल जितेर पनि भारत ट्रफीबिहीन, पाकिस्तानले उठायो प्रश्न
फाइनल जितेर पनि भारत ट्रफीबिहीन, पाकिस्तानले उठायो प्रश्न
विवाह गर्ने उपयुक्त समय र विधि के हो ?
विवाह गर्ने उपयुक्त समय र विधि के हो ?
वैशाखदेखि हालसम्म विपद्का २ हजार ८५३ घटना, १२६ जनाको मृत्यु
वैशाखदेखि हालसम्म विपद्का २ हजार ८५३ घटना, १२६ जनाको मृत्यु
अमेरिकामा भारी हिमपातः १४ हजारभन्दा बढी उडान रद्द
अमेरिकामा भारी हिमपातः १४ हजारभन्दा बढी उडान रद्द
फेरिँदै मुसहर बस्ती : खानेपानीको सुविधा, नियमित बचत गर्दै महिला
फेरिँदै मुसहर बस्ती : खानेपानीको सुविधा, नियमित बचत गर्दै महिला
स्वास्थ्य सेवा ऐनविरुद्ध मधेसका स्वास्थ्यकर्मीको जनप्रदर्शन, सरकारलाई तत्काल संशोधनको माग
स्वास्थ्य सेवा ऐनविरुद्ध मधेसका स्वास्थ्यकर्मीको जनप्रदर्शन, सरकारलाई तत्काल संशोधनको माग
विराटनगर आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो
विराटनगर आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश आउन बाँकी
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश आउन बाँकी
बीपी राजमार्ग सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
बीपी राजमार्ग सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट
स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट