सेयर बजार २६०६ अंकमा झर्‍यो, ७९ कम्पनीको मूल्य बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २४, २०८२
|
|
२७ पटक हेरिएको
Shares
सेयर बजार २६०६ अंकमा झर्‍यो, ७९ कम्पनीको मूल्य बढ्यो

सारांश

  • बुधबार सेयर बजार ७.
  • ८६ अंक घटेको छ ।
  • सो गिरावटपछि नेप्से परिसूचक २६०६ अंकमा अडिएको छ ।

२४ मंसिर, काठमाडौं ।

बुधबार सेयर बजार ७.८६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६०६ अंकमा अडिएको छ । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७३ करोडको भयो । ७९ कम्पनीको मूल्य बढ्दा १६९ को घट्यो, ९ को स्थिर रह्यो । सबै सेक्टरका सूचक झरेका छन् । यद्यपि सबैको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०५, विकास बैंक ०.२९, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.१३, हाइड्रोपावर ०.६६, लगानी ०.३२, जीवन बीमा ०.२१, उत्पादन तथा प्रशोधन ०.४२, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.३५, अन्य ०.३९ तथा व्यापार ०.०२ प्रतिशत घटे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल छन् । यीमध्ये एसवाई प्यानल आजैदेखि कारोबारमा आएको हो । त्यस्तै लक्ष्मी लघुवित्तको ८.७६, थ्रीस्टार हाइड्रोपावरको ७.१४ प्रतिशत मूल्य बढ्यो । झापा इनर्जीको मूल्य सबैभन्दा धेरै ९.३० प्रतिशत घट्यो । हिमस्टार ऊर्जा कम्पनीको ५.०५, सुपर मादी हाइड्रोपावरको ४.५९ तथा माबिलुङ इनर्जीको ४.४९ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा श्रीनगर एग्रिटेक, ङादी ग्रुप, युनिभर्सल पावर, सागर डिस्टिलरी र हिमालयन रिइन्स्योरेन्स छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यादेवी भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: प्रधानमन्त्री ओली
विद्यादेवी भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: प्रधानमन्त्री ओली
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
गभर्नरको हस्ताक्षरसहित ५०० को नयाँ नोट आजदेखि चलनचल्तीमा
गभर्नरको हस्ताक्षरसहित ५०० को नयाँ नोट आजदेखि चलनचल्तीमा
नेतन्याहूले दिए युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट
नेतन्याहूले दिए युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट
टुँडिखेलमा सेना दिवस (तस्वीरहरु)
टुँडिखेलमा सेना दिवस (तस्वीरहरु)
लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता खनालले लिए शपथ
लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता खनालले लिए शपथ
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ह्याक
मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ह्याक
जावलाखेलमा अर्धबेहोस भेटिएका दम्पतीको मृत्यु
जावलाखेलमा अर्धबेहोस भेटिएका दम्पतीको मृत्यु
लेबनानमा पेजर र वाकीटकी विस्फोट, २० जनाको मृत्यु
लेबनानमा पेजर र वाकीटकी विस्फोट, २० जनाको मृत्यु