सवारी दुर्घटनामा छोराको मृत्यु, आमा घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २८, २०८१
|
|
३६ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा छोराको मृत्यु, आमा घाइते

सारांश

  • बुटवलमा  भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।
  • मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख  विजयराज पण्डितले जानकारी दिए ।
  • सोमबार बिहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएका थिए ।

२८ साउन, बुटवल। बुटवलमा  भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख  विजयराज पण्डितले जानकारी दिए । सोमबार बिहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएका थिए ।  दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको प्रहरी प्रमुख पण्डितले बताए । यस्तै दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी पाठक गम्भीर घाइते भएकी छिन्। साथै मोटरसाइकका चालक कपिलबस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु पनि  घाइते भएका छन् । घाइते दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये  ४३ वर्षीया पाठकको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाको टेक्ससमा बाढीका कारण ५१ जनाको मृ*त्यु, २७ बेपत्ता
अमेरिकाको टेक्ससमा बाढीका कारण ५१ जनाको मृ*त्यु, २७ बेपत्ता
नेपाल सुन्दर छ, तर जोखिमपूर्ण छ : गृहमन्त्री
नेपाल सुन्दर छ, तर जोखिमपूर्ण छ : गृहमन्त्री
स्कटल्यान्डविरुद्ध नेपालले बलिङ रोज्यो, नन्दनको ठाउँमा बसिर
स्कटल्यान्डविरुद्ध नेपालले बलिङ रोज्यो, नन्दनको ठाउँमा बसिर
कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
रोकिएन रविको संकट, रुपन्देहीबाट पनि जारी भयो पक्राउ पुर्जी
रोकिएन रविको संकट, रुपन्देहीबाट पनि जारी भयो पक्राउ पुर्जी
जेन–जी आन्दोलनमा वीरगन्जका एक युवाको मृ*त्यु भएको पुष्टि
जेन–जी आन्दोलनमा वीरगन्जका एक युवाको मृ*त्यु भएको पुष्टि
रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छ : डा.वाग्ले
रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छ : डा.वाग्ले
बंगलादेशमा सरकार विरोधी प्रदर्शन : मृतकको सङ्ख्या ९१ पुग्यो
बंगलादेशमा सरकार विरोधी प्रदर्शन : मृतकको सङ्ख्या ९१ पुग्यो
पोर्चुगलमा महिनामै ५ नेपालीको मृत्यु, शव फर्काउन चन्दाकै भर
पोर्चुगलमा महिनामै ५ नेपालीको मृत्यु, शव फर्काउन चन्दाकै भर
नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकममा देखियो सुधार
नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकममा देखियो सुधार