जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन् : माधव नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष १६, २०८२
|
|
३५ पटक हेरिएको
Shares
जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन् : माधव नेपाल

सारांश

  • नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले भदौ २४ गतेको घटनामा तोडफोड गर्ने तोडफोडकारीको पहिचान भएपनि कारबाही नभएको बताएका छन् ।
  • बुधबार नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले २४ गतेको घटना अत्यन्तै आपत्तिजनक भएपनि त्यो घटनामा सहभागि मानिसको पहिचान भएपनि कारबाही नहुनु झन् बढी गम्भिर विषय भएको बताए ।
  • उनले यस्तो कामले सरकारमाथि पनि प्रश्न खडा भएको भन्दै प्रधानमन्त्रीको ध्यान आकर्षण गरेका छन् ।

१६ पुष, काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले भदौ २४ गतेको घटनामा तोडफोड गर्ने तोडफोडकारीको पहिचान भएपनि कारबाही नभएको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले २४ गतेको घटना अत्यन्तै आपत्तिजनक भएपनि त्यो घटनामा सहभागि मानिसको पहिचान भएपनि कारबाही नहुनु झन् बढी गम्भिर विषय भएको बताए । उनले यस्तो कामले सरकारमाथि पनि प्रश्न खडा भएको भन्दै प्रधानमन्त्रीको ध्यान आकर्षण गरेका छन् । उनले भने, ‘२४ गतेको घटना जुन भएको छ । त्या अत्यन्तै आपत्तिजनक र दण्डनिय छ । म प्रधानमन्त्रीलाई भन्न चहान्छु त्यसप्रति सरकार गम्भिर देखिएन्, उद्धार देखिएको छ ।

यो उद्धार देखिनु धेरै नै गम्भिर कुरा पनि हो । भिडियोले देखाइ रहेको छ, तोडफोड गर्ने तोडफोडकारी को को हुन् थाहा भईरहेको छ तर गिरफ्तार हँुदैनन्, दण्डित हुँदैनन् । चोरी गरेर लगेर राखेको छ, चोरीको सामान देखिएको छ तर त्यसलाई कुनै सजाय दिइँदैन् ।’ यस्तै, उनले दुई तिहाई सरकार छ भनेर स्थायित्व आयो भन्ने अवस्था पनि नरहेको भन्दै यसले घमण्डि नेताहरु, सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिको विकास र नीतिको निरन्तरतामा समस्या खडा गर्ने प्रवृत्ति बढ्ने बताए । वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्ने कुराको साथै केही संरचनाहरुमा सुधारमा समय दिनुपर्ने रहेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कपिलवस्तु अदालतका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा
कपिलवस्तु अदालतका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा
यी हुन् इलाममा पहिरोमा परि मृत्यु हुनेहरु (नामावलीसहित)
यी हुन् इलाममा पहिरोमा परि मृत्यु हुनेहरु (नामावलीसहित)
आज देशभर दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली प्रभाव रहने
आज देशभर दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली प्रभाव रहने
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
बयानका लागि रविलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो
बयानका लागि रविलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो
सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत : वाग्ले
सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत : वाग्ले
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी
पूर्व गृहमन्त्री रमेश लेखक रिहा
पूर्व गृहमन्त्री रमेश लेखक रिहा
बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व हो : गगन थापा
बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व हो : गगन थापा
अशान्त बंगलादेश : प्रधानमन्त्री र गृहमन्त्री निवासमा लुटपाट, कैयौं स्थानमा आगजनी
अशान्त बंगलादेश : प्रधानमन्त्री र गृहमन्त्री निवासमा लुटपाट, कैयौं स्थानमा आगजनी