Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत : वाग्ले

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
४० पटक हेरिएको
Shares
सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत : वाग्ले

सारांश

  •   राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जाल प्रतिबन्ध लगाउनु अधिनायकवादको सङ्केत भएको बताएका छन् ।
  • शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलगंगा गाउँकमिटिको अधिवेशनमा आएका वाग्लेले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई अधिनायकवाद तर्फ धकेल्ने प्रवृत्ति भएका समेत टिप्पणी गरेका छन् ।
  • पत्रकारहरुसगँको कुराकानीमा वाग्लेले जनताको दबाब र विरोधकै कारण सरकारले उक्त निर्णय कार्यान्वयन गर्न नसक्ने दाबी समेत गरे ।

२० भदौ, रामेछाप । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जाल प्रतिबन्ध लगाउनु अधिनायकवादको सङ्केत भएको बताएका छन् । शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलगंगा गाउँकमिटिको अधिवेशनमा आएका वाग्लेले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई अधिनायकवाद तर्फ धकेल्ने प्रवृत्ति भएका समेत टिप्पणी गरेका छन् ।

पत्रकारहरुसगँको कुराकानीमा वाग्लेले जनताको दबाब र विरोधकै कारण सरकारले उक्त निर्णय कार्यान्वयन गर्न नसक्ने दाबी समेत गरे । “आजको डिजिटल युगमा सूचना प्रवाहलाई जबरजस्ती रोक्न खोज्नु सूर्यलाई हत्केलाले छेक्ने प्रयास जस्तै हो” वाग्लेले भने । सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्ने कुरा सुझबुझका साथ चरण बद्ध रूपमा गर्नु पर्नेमा वाग्लेले जोड दिए ।

उनका अनुसार अहिले करिब ८० लाख नेपाली विभिन्न देशमा बसोबास गरिरहेका छन् ।  उनीहरूका लागि आफ्ना आफन्तसँग जोडिने प्रमुख माध्यम सामाजिक सञ्जाल भएको बताउँदै यस्तो परिस्थितिमा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा व्यापक जनआक्रोश सिर्जना हुने र जनताको आवाज दमन गर्न नसकिने उनले स्पष्ट पारे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग
चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग
सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति
सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू
प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित
प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित
रास्वपाको कार्यवाहक सभापति बन्दै डीपी, स्वर्णिम पनि सहमत
रास्वपाको कार्यवाहक सभापति बन्दै डीपी, स्वर्णिम पनि सहमत
करिब दुई घण्टापछि पुनः सञ्चालनमा आयाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
करिब दुई घण्टापछि पुनः सञ्चालनमा आयाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित