करिब दुई घण्टापछि पुनः सञ्चालनमा आयाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
सारांश
- अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजकाे पांग्रामा आगो लागेपछि केही समय बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएकाे छ ।
- टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके–७२६ को जहाजमा ल्यान्डिङ गर्ने क्रममा आगोको मुस्लो देखिएपछि विमानस्थल क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको थियो ।
- दमकलको प्रयोग गरेर आगो अहिले नियन्त्रणमा लिइएको थियाे ।
२८ वैशाख, काठमाडौँ ।
अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजकाे पांग्रामा आगो लागेपछि केही समय बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएकाे छ । टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके–७२६ को जहाजमा ल्यान्डिङ गर्ने क्रममा आगोको मुस्लो देखिएपछि विमानस्थल क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको थियो । दमकलको प्रयोग गरेर आगो अहिले नियन्त्रणमा लिइएको थियाे । साे घटनापछि यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । सो विमानमा २७७ यात्रु थिए ।

विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब दुई घण्टापछि सञ्चालनमा आएको हो । उनका अनुसार बिहान ८ः३० बजे एयर इन्डिया र ८ः३५ बजे फ्लाइ दुवई अवतरण गरिसकेका छन् भने केही विमानले उडान पनि भरिसकेका छन् । धावनमार्गमै रोकिएकाे साे विमानलाई तानेर ‘पार्किङ वे’मा लगिएकाे छ । घटनापछि केही घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण सेवा प्रभावित भएको थियाे ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया