तिखो प्रश्न गर्ने जगदीशलाई सञ्चार मन्त्रालयकै जिम्मा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
तिखो प्रश्न गर्ने जगदीशलाई सञ्चार मन्त्रालयकै जिम्मा

सारांश

  • इमेज च्यानलको टक सो ‘हट सिट’ मा आएका नेतादेखि नेतृत्वमा बसेका अनेकलाई पत्रकार जगदीश खरेल खरा प्रश्नहरू सोधिरहन्थे ।
  • उनको यही शैली दर्शकहरूमाझ रुचाइएको पनि थियो ।
  • हिजो खरा प्रश्न गर्ने यिनै जगदीश अब आफैं भने जवाफ दिने ठाउँमा आइपुगेका छन् ।

६ असोज, काठमाडौँ

इमेज च्यानलको टक सो ‘हट सिट’ मा आएका नेतादेखि नेतृत्वमा बसेका अनेकलाई पत्रकार जगदीश खरेल खरा प्रश्नहरू सोधिरहन्थे । उनको यही शैली दर्शकहरूमाझ रुचाइएको पनि थियो । हिजो खरा प्रश्न गर्ने यिनै जगदीश अब आफैं भने जवाफ दिने ठाउँमा आइपुगेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको पदभार ग्रहण गरेसँगै उनको नेतृत्व कस्तो रहला भन्ने जिज्ञासा सबैमाझ छ ।

पछिल्लो समय इमेज च्यानलको समाचार सम्पादकको जिम्मेवारीमा रहेका उनी साढे २ दशकअघि इमेज रेडियोबाट पत्रकारिताको बाटोमा आइपुगेका थिए । रेडियो देखि टिभीसम्मको यात्रामा जगदीशले कमाएको विश्वासलाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा बसरेर उनले कसरी पुरा गर्लान भन्ने खुल्दुली सबैमा छ । दोलखाको सुनखानी गाउँमा २०३९ सालमा जन्मिएका जगदीश सामाजिक काममा सक्रिय बाको गतिविधीबाट प्रभावित थिए । बा सँग उनी विभिन्न बैठकहरूमा हिडने उनी ८/९ वर्षमा उमेरमा पनि उनी महत्वपूर्ण प्रश्न र जिज्ञासा बा सहभागी बैठकहरूमा राख्थे । गाउँमा होस् वा कालीनाग माध्यामिक विध्यालयमा सबैतिर उनी प्रखर वक्ताका रुपमा परचित थिए । स्कुलका हुने हरेक वक्तृत्वकला प्रतियोगितामा भाग लिन्थे र मेडल जित्थे । कक्षा ६ मा पढ्दा जितेको वक्तृत्व प्रतियोगितापछि उनी जिल्ला स्तरीय कार्यक्रममा पनि भाग लिन थाले । त्यहाँबाट पनि मेडल झुन्ड्याएर आए । त्यतिबेलै जगदीशलाई लाग्थ्यो, ‘ म त बोलेरै खान सक्छु ।’ जहाँ जहाँ प्रतियोगितामा उनी भाग लिन्थे, सबैले प्रशंसा गर्दै भन्थे– तिमी कि राजनीति गर । कि मिडियामा काम गर ।

एसएलसी उत्तीर्ण भएर काठमाडौं पुगेपछि भाइको प्रतिभा बुझेर दाइ दीपेश खरेलले सुझाए, ‘तिमीले पत्रकारिता नै पढ्नुपर्छ ।’ त्यसपछि जगदीशले मिडियामा भविष्य देख्न थाले । त्यसमाथि उनी खुब रेडियो सुन्न रुचाउने । काम गर्दा होस् वा पढ्दारेडियो नबजाई उनलाई जाँगर चल्दैन थियो । एक वर्षअघि अन इयर विथ सञ्जय सिलवाल गुप्ता’ पोडकास्ट कार्यक्रममा सञ्जय सिलवाल गुप्ताले जगदीशलाई सोधेका थिए, ‘यदि तपाईंले राजनीतिक गरेको भए ?’ उनको जवाफ थियो, ‘दुईटा सम्भावना थियो । म सहिद बन्न पनि सक्थेँ, माओवादीतिर गएको भए ।’ सशस्त्र युद्धको समय उनले नजिकबाट नियालेका जगदीशका केही साथीहरू त माओवादी लडाकु पनि भए । तिनीहरु अहिले राजनीतिमा पनि सक्रिय छन् । तर जगदीशले राजनीतिक बाटो समातेनन् । पत्रकारिताको लय पकडे । उतिबेला उनका सामु भएका दुई बाटोमध्ये अब भने उनको राजनीतिक बाटोको यात्रा सुरु भएको छ ।

इमेजदेखि इमेजसम्म

०५७ सालतिर । काठमाडौंमा उनी भाषणकला सिक्नका लागि विभिन्न इन्स्टिच्युट पुगे । त्यसमध्ये एक थियो रेयुकाई नेपाल । त्यहाँ ९४ मध्ये उनले ब्याच टप गरे । त्यहाँ तालिम दिन इमेज च्यानलको स्टेशन म्यानेजर भरत शाक्य पुगेका थिए । जगदीश जसरी पनि रेडियोमा बोल्न चाहन्थे । उनलाई त्यहाँसम्म पुग्ने माध्यम चाहिएको थियो । ‘त्यतिबेला मलाई श्रीराम पुडासैनीगगन थापाले इमेज रेडियोमा काम गर्नका लागि सहजीकरण गर्नुभयो,’ जगदीशले सञ्जयसँगको पोडकास्टमा सुनाएका थिए । त्यतिबेला त्यो रेडियोमा गगन र थापा र रवि लामिछाने पनि कार्यक्रम चलाउँथे । उनको पहिलो कार्यक्रम थियो‘प्रसंगबस’ । त्यसपछि त समाचार पढ्नेदेखि लिएर विभिन्न कार्यक्रम चलाउने जिम्मेवारी उनले सम्हाले । बिहान ५ बजेदेखि रातको साढे ९ बजेसम्म उनी रेडियोमै व्यस्त हुन्थे । सन् २००९ देखि भने उनी इमेज च्यानलमा सिफ्ट भए । पछिल्लो समय उनी राजनीतिक नेतृत्व र सत्तामाथि सधैं खरो प्रश्न उठाइरहन्थे । निडर सञ्चारकर्मीको छवि बनाएका जगदीशले यतिबेला सञ्चार मन्त्रालयकै जिम्मेवारी पाएका छन् । हिजो आफूले खरो प्रश्न गरेजस्तै आफ्नो जिम्मेवारीमा पनि उस्तै खरो तरिकाले उत्रेलान् त ? त्यसको जवाफ भने उनको अबको कार्यकालले दिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टोखामा जुवातास खेलिरहेका अवस्थामा ३ महिलासहित ११ जना पक्राउ,
टोखामा जुवातास खेलिरहेका अवस्थामा ३ महिलासहित ११ जना पक्राउ,
खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा
खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा
अमेरिकामा फेरी अर्को विमान दुर्घटना
अमेरिकामा फेरी अर्को विमान दुर्घटना
पूर्वपदाधिकारीले कानूनविपरीत लिएको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र
पूर्वपदाधिकारीले कानूनविपरीत लिएको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र
माओवादीले अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने
माओवादीले अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने
साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि नेपालको सहज जित
साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि नेपालको सहज जित
एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
बैंक तथा सहकारीको लुटविरुद्ध जनकपुरमा प्रदर्शन
बैंक तथा सहकारीको लुटविरुद्ध जनकपुरमा प्रदर्शन