सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २९, २०८३
|
|
७५ पटक हेरिएको
Shares
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

सारांश

  • सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन्।
  • प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
  • भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै दाबी पेस गरेका थिए।

२९ साउन, धनगढी ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै दाबी पेस गरेका थिए। मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए।

तोकिएको समयभित्रै नेकपा र एमालेका सांसदहरूको समर्थनसहित भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। भट्टको नियुक्तिसँगै शुक्रबार दिउँसो ३ बजे शपथ ग्रहणको तयारी गरिएको नेकपाका एक सांसदले बताए। मुख्यमन्त्री भट्टले शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्। नेकपा र एमालेबीच सुदूरपश्चिम प्रदेशमा यसअघि नै मन्त्रालय भागबन्डा टुंगिएको छ। जसअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने सहमति भएको छ। स्रोतका अनुसार एमालेले आर्थिक मामिला, सामाजिक विकास र वन वा कृषिमध्ये एउटा मन्त्रालयको नेतृत्व गर्नेछ।

यसअघि ३१ असारमा एमालेले बजेटप्रति असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि बिहीबार प्रदेश सभालाई सम्बोधन गर्दै शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए। प्रदेश प्रमुखलाई राजीनामा बुझाएलगत्तै नयाँ सरकार गठनका लागि आह्वान गरिएको थियो। सोहीअनुसार एमालेको समर्थनमा भट्टले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५२ संवैधानिक पदाधिकारीविरुद्ध मुद्दा : २८ जेठमा फैसला आउने
५२ संवैधानिक पदाधिकारीविरुद्ध मुद्दा : २८ जेठमा फैसला आउने
सचिवालय बैठकमा योगेशले मागे ओलीको राजीनामा
सचिवालय बैठकमा योगेशले मागे ओलीको राजीनामा
धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे मेयर हर्क साम्पाङ
धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे मेयर हर्क साम्पाङ
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि संसद्‍मा सम्बोधन गर्ने
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि संसद्‍मा सम्बोधन गर्ने
लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता
लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता
उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा
उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भ्रष्टाचार मुद्दा
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
नारायणघाट–बुटवल सडक : साना पुल निर्माण सम्पन्न
नारायणघाट–बुटवल सडक : साना पुल निर्माण सम्पन्न