Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रवि लामिछानेलाई विमानमार्फत पोखरा लगिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २, २०८१
|
|
३७ पटक हेरिएको
Shares
रवि लामिछानेलाई विमानमार्फत पोखरा लगिने

सारांश

  • केहीबेर अघिमात्रै पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका सभापति लामिछानेलाई आजै हवाइमार्ग हुँदै पोखरा लाने तयारी प्रहरीले गरेको हो।
  • उनलाई बुद्ध एयरलाइन्समार्फत बेलुकी ८:२५ बजेको फ्लाइटमा पोखरा लान लागिएको हो।
  • लामिछानेले भने आफूलाई गाडीमा लान आग्रह गरेका थिए।

 

२ कार्तिक, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई हवाइमार्गमार्फत पोखरा लगिने भएको छ। केहीबेर अघिमात्रै पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका सभापति लामिछानेलाई आजै हवाइमार्ग हुँदै पोखरा लाने तयारी प्रहरीले गरेको हो।

उनलाई बुद्ध एयरलाइन्समार्फत बेलुकी ८:२५ बजेको फ्लाइटमा पोखरा लान लागिएको हो। लामिछानेले भने आफूलाई गाडीमा लान आग्रह गरेका थिए। प्रहरी स्रोतका अनुसार, उनलाई पोखरा लानका लागि बुद्ध एयरलाइन्समा ९ वटा टिकट बुक गराइएको छ।  रवि पक्राउ पर्दैगर्दा पार्टी कार्यालय, वनस्थलीमा उपस्थित समर्थकको भिडले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए।

पक्राउ पर्नुअघि रवि लामिछानेले संक्षिप्त सम्बोधन समेत गरेका थिए। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पुगेर नियन्त्रणमा लिएको थियो।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?