मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
१८ पटक हेरिएको
Shares
मधेशका मन्त्रालयहरुको बजेट रोक्का गर्ने तयारी

सारांश

  • मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले बजेट रोक्का गर्ने तयारी गरेको छ ।
  • मन्त्रालयसहितका निकायमा बिहीबार पत्र पठाउँदै अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ अनुमानित लक्ष्य अनुसार राजश्व संकलन नभएको कारण देखाउँदै बजेट रोक्ने चेतावनी दिएको हो ।
  • पत्रमा चालु आर्थिक वर्ष २०८१/८२ अनुमानित लक्ष्य अनुसार माघ मसान्तसम्म आन्तरिक स्रोततर्फ मात्र २८.

 

२ फागुन, जनकपुरधाम । मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले बजेट रोक्का गर्ने तयारी गरेको छ । मन्त्रालयसहितका निकायमा बिहीबार पत्र पठाउँदै अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ अनुमानित लक्ष्य अनुसार राजश्व संकलन नभएको कारण देखाउँदै बजेट रोक्ने चेतावनी दिएको हो ।

पत्रमा चालु आर्थिक वर्ष २०८१/८२ अनुमानित लक्ष्य अनुसार माघ मसान्तसम्म आन्तरिक स्रोततर्फ मात्र २८.५३ प्रतिशत राजस्व संकलन भएको छ । त्यस्तै, संघीय सरकारले उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानको तेस्रो किस्ताबाट केवल १३.२४ प्रतिशत मात्र प्राप्त हुने जानकारी आएको उल्लेख छ । समग्रमा, कुल आय अनुमानको ३०.३५ प्रतिशत मात्र प्राप्त भएकोले प्रदेश संचित कोषमा न्यून मौज्दात रहेको र भुक्तानीमा चाप पर्न सक्ने सम्भावना देखिएकाले अर्थ मन्त्रालयको ३० माघको मन्त्रीस्तरीय निर्णय भएको पत्रमा उल्लेख छ ।

मन्त्रालयले खर्चमा मितव्ययिता अपनाउन र खर्च हुन नसक्ने रकम अनिवार्य रूपमा समर्पण गर्न निर्देशन दिएको हो । सम्झौता नभएका परियोजनाहरू तथा ५० लाख वा सोभन्दा कम विनियोजन भएका आयोजना तथा कार्यक्रमहरूको विवरण दुई दिनभित्र पठाउन सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको छ । तोकिएको समयमा विवरण प्राप्त नभएमा, आय संकलनमा सुधार नभएसम्मका लागि सम्पन्न नभएका आयोजना तथा कार्यक्रमहरू रोक्का गर्न सकिने चेतावनी दिइएको छ ।

‘न्यून सञ्चितिको कारण बजेट रोक्का गर्न सक्ने अवस्था आउन सक्ने हुँदा त्यहाँ मन्त्रालयको स्वीकृत बजेट तथा कार्यक्रममध्ये कार्यान्वयनमा गइसकेका आयोजना तथा कार्यक्रम बाहेक सम्झौता नभएका स्वीकृत आयोजना तथा कार्यक्रममध्ये ५० लाख वा सोभन्दा कम विनियोजन भएका आयोजना तथा कर्यक्रमको विवरण २ दिनभित्र यस मन्त्रालयमा पठाइदिनु हुन अनुरोध छ’, पत्रमा लेखिएको छ ‘म्यादभित्र आयोजना तथा कार्यक्रमको विवरण प्राप्त नभएमा अर्थ मन्त्रालयले जुनसुकै आयोजना तथा कार्यक्रम आय संकलनमा सुधार नभए सम्मको लागि रोक्का गर्न सक्नेछ ।’ अर्थ मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ वटा मन्त्रालय र आफ्नो अन्य मातहतको निकायमा पत्र पठाएकको छ ।

 

महालेखा नियन्त्रक कार्यालयले २८ माघमा कोष तथा लेखा नियन्त्रका कार्यालयहरुलाई  वित्तीय समानीकरण अनुदान हस्तान्तरणसम्बन्धी पठाएको पत्रमा लक्ष्य अनुसार राजश्व संकलन नभएकाले प्रदेश र स्थानीय तहलाई तेस्रो किस्ता वापत विनियोजित रकमको १३.२४ प्रतिशतले हुन आउने रकम हस्तान्तरण गर्नु निर्देशन दिएको थियो आर्थिक वर्ष २०८१/८२ को पौष मसान्त सम्म राजस्व लक्ष्यको तुलनामा ८४.३३ प्रतिशत मात्र संकलन भएको र सो अनुपातमा वित्तिय समानीकरण अनुदान हस्तान्तरण गर्न लेखी आए वमोजिम प्रदेश र स्थानीय तहलाई तेस्रो किस्ता वापत विनियोजित रकमको १३.२४ प्रतिशतले हुन आउने रकम हस्तान्तरण गर्नु गराउनुहुन यस कार्यालयको मिति २०८१/१०/२८ गतेको निर्णयानुसार अनुरोध छ’ महालेखा नियन्त्रक कर्यालयको २८ माघको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजीका माग पूरा नभएसम्म संसद पुनस्थापना गर्न नहुने: राप्रपा प्रमुख सचेतक शाही
जेनजीका माग पूरा नभएसम्म संसद पुनस्थापना गर्न नहुने: राप्रपा प्रमुख सचेतक शाही
झापामा बोलेरो र अटो ठोक्किदा एकको मृत्यु, तीनजना घाइते
झापामा बोलेरो र अटो ठोक्किदा एकको मृत्यु, तीनजना घाइते
प्रचण्डले धोका दिएकै कारण वर्तमान सरकार बनेको हो : सिटौला
प्रचण्डले धोका दिएकै कारण वर्तमान सरकार बनेको हो : सिटौला
सिभिल अस्पताल पुगिन् रास्वपा सांसद डा. तोसिमा कार्की
सिभिल अस्पताल पुगिन् रास्वपा सांसद डा. तोसिमा कार्की
राप्रपाकी मधेश सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश
राप्रपाकी मधेश सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश
राष्ट्रपतिले प्रतिनिधिसभामै फिर्ता पठाए संवैधानिक परिषद् सम्बन्धी विधेयक
राष्ट्रपतिले प्रतिनिधिसभामै फिर्ता पठाए संवैधानिक परिषद् सम्बन्धी विधेयक
पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आ*क्रमण, ३ जनाको मृ*त्यु
पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आ*क्रमण, ३ जनाको मृ*त्यु
काठमान्डुले टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै
काठमान्डुले टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै
आजको मौसम : देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान
आजको मौसम : देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान
MDMS मा दर्ता नभएकाे मोबाइल फोन आजदेखि बन्द हुदै 
MDMS मा दर्ता नभएकाे मोबाइल फोन आजदेखि बन्द हुदै