कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १, २०८१
|
|
२९ पटक हेरिएको
Shares
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो

सारांश

  • नेपालले एसीसी महिला यु-१९ एसिया कपमा सोमबार पाकिस्तानविरुद्ध ६ विकेटको ऐतिहासिक जित दर्ता गरेको छ।
  •  नेपालले कुनै पनि स्तरमा पहिलो पटक पाकिस्तानलाई हराएको हो।
  • मलेसियाको बायोमास क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १०५ रनको लक्ष्य नेपालले १९.

१ पुस, काठमाडौं ।

नेपालले एसीसी महिला यु-१९ एसिया कपमा सोमबार पाकिस्तानविरुद्ध ६ विकेटको ऐतिहासिक जित दर्ता गरेको छ। नेपालले कुनै पनि स्तरमा पहिलो पटक पाकिस्तानलाई हराएको हो। मलेसियाको बायोमास क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १०५ रनको लक्ष्य नेपालले १९.१ ओभरमा चार विकेट गुमाउँदे पूरा गर्‍यो।

नेपालका लागि कप्तान पूजा महतोले ४७ बलमा तीन चौकाको मद्दतले अविजित ४७ रनको योगदान गरिन्। यसैगरी सोनी पाख्रिले १३, सिमान केसीले अविजित १२ र सान प्रविनले १० रन बनाए। पाकिस्तानका लागि फतिमा खान र क्वारातुलियनले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो। पाकिस्तानका लागि कोमल खानल ३८, महम एनिसले अविजित १९, राभाली फरानले १३ र जोफिशान अयाजले १२ रन बनाए। नेपालका लागि कप्तान पूजा महतोले दुई तथा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा १७२ जनाको ज्यान गयो
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा १७२ जनाको ज्यान गयो
भोलि इदको अवसरमा सार्वजनिक बिदा
भोलि इदको अवसरमा सार्वजनिक बिदा
मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ :अध्यक्ष दाहाल
मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ :अध्यक्ष दाहाल
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार
४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार
भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच गान्सुमा भेट
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच गान्सुमा भेट
मन्त्री पोखरेलद्वारा सरकारका एकसय दिनका उपलब्धि संसदमा प्रस्तुत
मन्त्री पोखरेलद्वारा सरकारका एकसय दिनका उपलब्धि संसदमा प्रस्तुत
कस्तो हुनेछ आज देशभरको मौसम ?
कस्तो हुनेछ आज देशभरको मौसम ?