Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भिजिट भिसा प्रकरण : विमानस्थल अध्यागमनका ६ कर्मचारीको जिम्मेवारी खोसियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
३१ पटक हेरिएको
Shares
भिजिट भिसा प्रकरण : विमानस्थल अध्यागमनका ६ कर्मचारीको जिम्मेवारी खोसियो

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको मानव तस्करीबारे अनुसन्धान गरिरहेका बेला गृह मन्त्रालयले अध्यागमनका ६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।
  • विमानस्थल अध्यागमन कार्यालयमा खटिएका ६ जना नायब सुब्बाहरूलाई मन्त्रालयमा तानिएको एक अधिकारीले  बताए ।
  • उनका अनुसार, भिजिट भिसा प्रकरणबारे मन्त्रालयबाट समेत छानबिन भइरहेकाले उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो ।

 

९ जेठ, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको मानव तस्करीबारे अनुसन्धान गरिरहेका बेला गृह मन्त्रालयले अध्यागमनका ६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । विमानस्थल अध्यागमन कार्यालयमा खटिएका ६ जना नायब सुब्बाहरूलाई मन्त्रालयमा तानिएको एक अधिकारीले  बताए ।

उनका अनुसार, भिजिट भिसा प्रकरणबारे मन्त्रालयबाट समेत छानबिन भइरहेकाले उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो । आयोगले विमानस्थल अध्यागमनमा आयोगले दुई दिनअघि छापा मारेर महत्वपूर्ण कागजात र कम्प्युटरहरू बरामद गरेको थियो भने अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराई समेत पक्राउ परेका थिए । दिनभर आयोगमा केरकार गरेर साँझ उनलाई भोलिपल्ट उपस्थित हुने गरी छाडिएको थियो । आयोगले एक महिनाअघिबाटै यो मामिलामा अनुसन्धान गरिरहेको थियो । छानबिन भइरहेको थाहा पाएर सहसचिव भट्टराईले एक दिनअघि सरुवा मागेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महतो चुनावी मैदानमा सक्रिय, जनताको उल्लेखनीय सहभागिता
यूवा जनमत संघ बाराको संयोजकमा गुप्ता चयन
यूवा जनमत संघ बाराको संयोजकमा गुप्ता चयन
मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत
प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत
स्वास्थ्य मन्त्रीमा सिफारिस संगीताको नाम ‘होल्ड’
स्वास्थ्य मन्त्रीमा सिफारिस संगीताको नाम ‘होल्ड’
मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै
मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाह काठमाडौँ अस्पतालमा भर्ना
कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाह काठमाडौँ अस्पतालमा भर्ना
ज्ञानेन्द्र शाहीसहित राप्रपाका प्रदर्शनकारी पक्राउ
ज्ञानेन्द्र शाहीसहित राप्रपाका प्रदर्शनकारी पक्राउ
अनेरास्वियुमा प्यानलको तयारी, कसको समूहबाट को-को ?
अनेरास्वियुमा प्यानलको तयारी, कसको समूहबाट को-को ?