भिजिट भिसा प्रकरण : विमानस्थल अध्यागमनका ६ कर्मचारीको जिम्मेवारी खोसियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
२३ पटक हेरिएको
Shares
भिजिट भिसा प्रकरण : विमानस्थल अध्यागमनका ६ कर्मचारीको जिम्मेवारी खोसियो

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको मानव तस्करीबारे अनुसन्धान गरिरहेका बेला गृह मन्त्रालयले अध्यागमनका ६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।
  • विमानस्थल अध्यागमन कार्यालयमा खटिएका ६ जना नायब सुब्बाहरूलाई मन्त्रालयमा तानिएको एक अधिकारीले  बताए ।
  • उनका अनुसार, भिजिट भिसा प्रकरणबारे मन्त्रालयबाट समेत छानबिन भइरहेकाले उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो ।

९ जेठ, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको मानव तस्करीबारे अनुसन्धान गरिरहेका बेला गृह मन्त्रालयले अध्यागमनका ६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । विमानस्थल अध्यागमन कार्यालयमा खटिएका ६ जना नायब सुब्बाहरूलाई मन्त्रालयमा तानिएको एक अधिकारीले  बताए ।

उनका अनुसार, भिजिट भिसा प्रकरणबारे मन्त्रालयबाट समेत छानबिन भइरहेकाले उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो । आयोगले विमानस्थल अध्यागमनमा आयोगले दुई दिनअघि छापा मारेर महत्वपूर्ण कागजात र कम्प्युटरहरू बरामद गरेको थियो भने अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराई समेत पक्राउ परेका थिए । दिनभर आयोगमा केरकार गरेर साँझ उनलाई भोलिपल्ट उपस्थित हुने गरी छाडिएको थियो । आयोगले एक महिनाअघिबाटै यो मामिलामा अनुसन्धान गरिरहेको थियो । छानबिन भइरहेको थाहा पाएर सहसचिव भट्टराईले एक दिनअघि सरुवा मागेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनुवाई समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल
सुनुवाई समितिमा प्रस्तावित राजदूतको उजुरीमाथि उजुरीकर्तासँग छलफल
झापामा चिनियाँ राजदूत : कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त
झापामा चिनियाँ राजदूत : कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त
प्रयागराज महाकुम्भमा डुबकी लगाउनेको संख्या ५९ करोड पुगे
प्रयागराज महाकुम्भमा डुबकी लगाउनेको संख्या ५९ करोड पुगे
मुलुक अत्यन्तै विषम परिस्थितिमा छ, नयाँ समझदारी आवश्यक छ : लिङ्देन
मुलुक अत्यन्तै विषम परिस्थितिमा छ, नयाँ समझदारी आवश्यक छ : लिङ्देन
मोरङमा तरकारी बोक्ने ट्रकबाट तीन हजार १५० किलो गाँजा बरामद
मोरङमा तरकारी बोक्ने ट्रकबाट तीन हजार १५० किलो गाँजा बरामद
नवनियुक्त वनमन्त्री माधव चौलागाईंले भने : कर्णाली उठ्यो भने देश पनि उठ्छ
नवनियुक्त वनमन्त्री माधव चौलागाईंले भने : कर्णाली उठ्यो भने देश पनि उठ्छ
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल
सहकारी प्रकरणमा छानविन समिति बनाउन एकीकृत समाजवादीको माग
सहकारी प्रकरणमा छानविन समिति बनाउन एकीकृत समाजवादीको माग
नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द
नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द
मुस्लिम धर्मालम्बीका लागि भोलि सार्वजनिक बिदा
मुस्लिम धर्मालम्बीका लागि भोलि सार्वजनिक बिदा