अनेरास्वियुमा प्यानलको तयारी, कसको समूहबाट को-को ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २८, २०८२
|
|
१८ पटक हेरिएको
Shares
अनेरास्वियुमा प्यानलको तयारी, कसको समूहबाट को-को ?

सारांश

  •   एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियुको नेतृत्वमा सहमति नजुटेपछि प्यानल बनाएर चुनाव लड्ने तयारी गरेका छन्।
  • जारी महाधिवेशनमा पार्टी नेतृत्वको निर्देशन लत्त्याउँदै निर्वाचनमा होमिएका अनेरास्ववियुका नेताहरू प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिँदैछन्।
  • अध्यक्षमा डा.

२८ जेठ, काठमाडौं । 

एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियुको नेतृत्वमा सहमति नजुटेपछि प्यानल बनाएर चुनाव लड्ने तयारी गरेका छन्। जारी महाधिवेशनमा पार्टी नेतृत्वको निर्देशन लत्त्याउँदै निर्वाचनमा होमिएका अनेरास्ववियुका नेताहरू प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिँदैछन्। अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। पार्टी नेतृत्वले हिजो नै कडरियाको नाममा सहमति गराउने प्रयास गरेको थियो। तर, पौडेल पक्षले नाराबाजीसहित चुनाव मागेपछि आज मतदान हुँदैछ।

कडरिया एमाले संस्थापन पक्षका उम्मेदवार हुन्। उपाध्यक्षमा ८ जनाले उम्मेदवारी दिएका छन्। खुल्ला उपाध्यक्षमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसीको उम्मेदवारी परेको छ। त्यस्तै महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँको उम्मेदवारी छ। संस्थापन पक्षले उपाध्यक्षमा श्रेष्ठ र सिवाकोटीलाई समर्थन गरेको छ। महासचिवमा दीपक धामीलाई साथ दिएको छ। महासचिवमा आरके रोमस, र सुनिल कँडेलले पनि उम्मेदवारी दिएका छन्। संस्थापन पक्षले अध्यक्ष, उपाध्यक्ष र महासचिवबाहेक अहिलेसम्म आफ्नो उम्मेदवार तोकेको छैन।

पौडेल पक्षबाट महासचिवमा रोमसलाई समर्थन गरेका छन्। भने उपाध्यक्षमा असन्तुष्टलाई तान्ने गरी अहिले छलफल चलाइरहेको छ। आरती भट्टराई, भरतसिंह धामीलगायतसँग छलफल चलिरहेको बताइएको छ। यो समूहले पनि उपमहासचिव र सचिवमा आफ्नो उम्मेदवार टुङ्ग्याएको छैन। उपमहासचिव पदमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ भने रक्षा बम, मनोज राई, अनुप लामिछाने, रेखा न्यौपाने, नीरज पौडेल, धर्मराज तिमिल्सेना, स्मृति बराल, मदन भण्डारी राजेश ओलीलगायतले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ प्रतिनिधि सभाका विषयगत समितिको कार्यक्षेत्र
यस्तो छ प्रतिनिधि सभाका विषयगत समितिको कार्यक्षेत्र
काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला
काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला
सुर्खेत प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृ*त्यु
सुर्खेत प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृ*त्यु
क्रेटा गाडीमा खैरो हेरोइन बोकेर हिँडेका चार युवा कलंकीबाट समातिए
क्रेटा गाडीमा खैरो हेरोइन बोकेर हिँडेका चार युवा कलंकीबाट समातिए
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट ४ महिनामा ६२ को मृ*त्यु
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट ४ महिनामा ६२ को मृ*त्यु
आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र पहाडमा आंशिक बदली
आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र पहाडमा आंशिक बदली
झापाको बिर्तामोडमा पनि तनाव, प्रहरीले हवाई फायर गर्‍यो
झापाको बिर्तामोडमा पनि तनाव, प्रहरीले हवाई फायर गर्‍यो
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन : अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिनुस्
कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन : अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिनुस्