जसपा नेपालको लुम्बिनी प्रदेश अधिवेशन कात्तिक २९ र ३० गते हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २९, २०८२
|
|
९९ पटक हेरिएको
Shares
जसपा नेपालको लुम्बिनी प्रदेश अधिवेशन कात्तिक २९ र ३० गते हुने

सारांश

  • उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालको आगामी लुम्बिनी प्रदेश अधिवेशन कात्तिक २९ र ३० गते रूपन्देहीको भैरहवामा हुने भएको छ ।
  • “हामीले लामो समयदेखि स्थगित अधिवेशनलाई अब व्यवस्थितरूपमा सम्पन्न गर्ने तयारी गरेका छौँ ।
  • यस अधिवेशनबाट लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयन हुनुका साथै पार्टीको संगठनात्मक दिशा र नीतिगत प्रतिबद्धता पनि स्पष्ट हुनेछ,” पार्टीको लुम्बिनी प्रदेश कार्यकारिणी समितिको बैठकपछि प्रदेश कार्यवाहक अध्यक्ष राम अवतार यादवले भने ।

२९ असोज, बुटवल ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालको आगामी लुम्बिनी प्रदेश अधिवेशन कात्तिक २९ र ३० गते रूपन्देहीको भैरहवामा हुने भएको छ । “हामीले लामो समयदेखि स्थगित अधिवेशनलाई अब व्यवस्थितरूपमा सम्पन्न गर्ने तयारी गरेका छौँ । यस अधिवेशनबाट लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयन हुनुका साथै पार्टीको संगठनात्मक दिशा र नीतिगत प्रतिबद्धता पनि स्पष्ट हुनेछ,” पार्टीको लुम्बिनी प्रदेश कार्यकारिणी समितिको बैठकपछि प्रदेश कार्यवाहक अध्यक्ष राम अवतार यादवले भने ।

उनका अनुसार, अधिवेशनमा लुम्बिनी प्रदेशका सबै जिल्लाबाट प्रतिनिधि सहभागी हुनेछन् । पार्टीका केन्द्रीय नेता, जनप्रतिनिधि तथा प्रदेशभरका कार्यकर्ताहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ । अधिवेशनमा राजनीतिक, सांगठनिक, नीति–कार्यक्रम र आगामी निर्वाचन रणनीतिसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछन् । यसअघि, पार्टीले भदौ २५, २६ र २७ गते भैरहवामै अधिवेशन गर्ने तयारी गरेको थियो । तर, जेनजी आन्दोलन, राजनीतिक अस्थिरता र अन्य प्राविधिक कारणहरूका कारण मिति स्थगित भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २१ को चुनावः मन्त्रीदेखि निजी क्षेत्रसम्म आचारसंहिताको दायरामा
फागुन २१ को चुनावः मन्त्रीदेखि निजी क्षेत्रसम्म आचारसंहिताको दायरामा
दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ
दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ
यी हुन् एसएसपीका दावेदारहरु
यी हुन् एसएसपीका दावेदारहरु
पदभार ग्रहण समारोहबाटै पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष
अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध पीडितले दिए उजुरी
अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध पीडितले दिए उजुरी
सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध
सुनसरीको कप्तानगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध
जाजरकोटमा नेपाली कांग्रेसको सुरुवाती अग्रता
जाजरकोटमा नेपाली कांग्रेसको सुरुवाती अग्रता
संसद् बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा
संसद् बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न समिति गठन
सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, अर्की बहिनी घाइते
सर्लाहीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु, अर्की बहिनी घाइते