२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २५, २०८२
|
|
५६ पटक हेरिएको
Shares
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने

सारांश

  • नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले २९ मंसिरको मध्यरातमा सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने भएको छ ।
  • महामन्त्री गगन थापा संयोजकत्वमा रहेको समितिको बिहीबार बसेको बैठकले २९ मंसिर राति १२ बजेदेखि क्रियाशील सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने निर्णय गरेको हो।
  • समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले भने, ‘पुस २९ गते राति १२ बजे सिस्टम लक हुन्छ ।

२५ मंसिर, काठमाडौं।

नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले २९ मंसिरको मध्यरातमा सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने भएको छ । महामन्त्री गगन थापा संयोजकत्वमा रहेको समितिको बिहीबार बसेको बैठकले २९ मंसिर राति १२ बजेदेखि क्रियाशील सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने निर्णय गरेको हो। समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले भने, ‘पुस २९ गते राति १२ बजे सिस्टम लक हुन्छ ।

त्यसपछि जिल्लाले ईन्ट्री गर्न पाउँदैनन्।’ समितिले नवीकरणको ‘डाटा इन्ट्री’ का लागि ७७ वटै जिल्ला सभापतिहरूलाई ‘आईडी’ र ‘पासवर्ड’ उपलब्ध गराएर काम गरिरहेको छ । समितिले आगामी आइतबार बैठक बसेर पार्टीका विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अवस्थालगायतको विषयमा निर्णय गर्ने सदस्य रसाइलीले जानकारी दिए । ‘आइतबार जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अवस्था, तलबाट प्रतिवेदन लिएर समीक्षा गरेर आगामी कदमबारे निर्णय गर्छौं,’ उनले भने । समितिले यसअघि गरिएको परिपत्रअनुसार नयाँ क्रियाशील सदस्यता वितरण भए–नभएको बारे जानकारी लिने पनि निर्णय गरेको छ । जसका लागि केन्द्रीय कार्यालयका सात जना सहसचिवहरू खटाउने निर्णय गरिएको छ । ‘नयाँ क्रियाशील सदस्यता फारम २५ प्रतिशत र ७५ प्रतिशत दुई पटक गरी पठाएका छौं । परिपत्र गर्दा हामीले वडा, गाउँनगर, प्रदेश क्षेत्रीय सभापतिहरूको बैठक राखेर वितरण गर्ने भनेका छौं,’ रसाइलीले भने, ‘त्यो कार्यान्वयन भइरहेको छ कि छैन भनेर सचिवालयबाट सात जना सहसचिवहरूले चेक गर्नुहुन्छ। हामी पनि चेक गर्छौं।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहको रिट निवेदन रेग्मीको इजलासमा
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहको रिट निवेदन रेग्मीको इजलासमा
संखुवासभामा भूकम्पको धक्का
संखुवासभामा भूकम्पको धक्का
प्रिओपनमै ३२ अंकले बढ्यो नेप्से, सूचक २७१२ विन्दुमा
प्रिओपनमै ३२ अंकले बढ्यो नेप्से, सूचक २७१२ विन्दुमा
सुर्खेत प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृ*त्यु
सुर्खेत प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृ*त्यु
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो
नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने
नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
हिमपातमा फसेका ३ विदेशीसहित १५ पर्यटकलाई सेनाले गर्‍यो उद्धार
हिमपातमा फसेका ३ विदेशीसहित १५ पर्यटकलाई सेनाले गर्‍यो उद्धार
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकतालाई सबल बनाउने प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकतालाई सबल बनाउने प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव
पाथीभरा विवाद समाधानका लागि गृहको पत्र संघीय मन्त्रालयलाई
पाथीभरा विवाद समाधानका लागि गृहको पत्र संघीय मन्त्रालयलाई