सुर्खेत प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २१, २०८२
|
|
२३ पटक हेरिएको
Shares
सुर्खेत प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृ*त्यु

सारांश

  • जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।
  • वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको हो ।
  • लागुऔषध मुद्दामा पक्राउ परेका सुनार ८७ दिनदेखि सुर्खेत हिरासतमा थिए ।

२१ कात्तिक, सुर्खेत ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको हो । लागुऔषध मुद्दामा पक्राउ परेका सुनार ८७ दिनदेखि सुर्खेत हिरासतमा थिए । सुनार शुक्रबार बिहान ६ बजेको समयमा ओछ्यानमै सुतेको बेलामा बेहोस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

उनका अनुसार सुनारसँगै सुतेका साथीले बिहान उठाउन खोज्दा नउठेपछि ड्युटीमा भएका प्रहरीलाई खबर गरेका थिए । ‘हामीले तत्कालै प्रदेश अस्पताल कालागाउँ पुर्‍याएका थियौँ । अस्पताल पुर्‍याएको आधादेखि एक घण्टाभित्र चिकित्सकहरूले मृत घोषणा गरे,’ डीएसपी बुढथापाले भने । सुनार लागुऔषध प्रयोगकर्ता र उच्च रक्तचापका बिरामी रहेको प्रहरीले जनाएको छ । उनले नियमित औषधि सेवन गरिरहेका थिए । चार दिनअघि मात्रै सरकारी वकिल कार्यालयमा मुद्दा गएर आज उनको मुद्दामा पेसी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र पहाडमा आंशिक बदली
आजको मौसम : देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र पहाडमा आंशिक बदली
१८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु
१८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु
सर्लाहीमा नयाँ सिडिओ धमला हाजिर।
सर्लाहीमा नयाँ सिडिओ धमला हाजिर।
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै
अछाममा दुई किशोरी मृत्यु प्रकरण : दुई युवा पक्राउ
अछाममा दुई किशोरी मृत्यु प्रकरण : दुई युवा पक्राउ
बलिदानी दिवस : मधेश प्रदेश सरकारले सहिद परिवारका सदस्यलाई तीन करोड ६१ लाख दिने घोषणा
बलिदानी दिवस : मधेश प्रदेश सरकारले सहिद परिवारका सदस्यलाई तीन करोड ६१ लाख दिने घोषणा
माछा मार्न गएका आमा-छोरीको डुबेर मृ*त्यु
माछा मार्न गएका आमा-छोरीको डुबेर मृ*त्यु
तयार भयो समाजवादी मोर्चाको मञ्च, प्रदर्शनीमार्गमा सवारी निषेध
तयार भयो समाजवादी मोर्चाको मञ्च, प्रदर्शनीमार्गमा सवारी निषेध
अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालन
अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालन