कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३१, २०८३
|
|
२३८ पटक हेरिएको
Shares
कांग्रेसले सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने

सारांश

  • नेपाली कांग्रेसले सातवटै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने भएको छ ।
  •  प्रदेश सरकारहरूमा नेकपा एमालेले देखाएको व्यवहार ठिक नभएको भन्दै कांग्रेसले सबै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने भएको हो ।
  •  पार्टी स्रोतका अनुसार, शीर्ष नेताहरूबीच निरन्तर भएको छलफलमा सहमति जुट्न नसकेपछि एमालेसँगको सहकार्यबाट कांग्रेस पछि हट्ने भएको हो ।

३१ असार, काठमाडौं ।

नेपाली कांग्रेसले सातवटै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने भएको छ । प्रदेश सरकारहरूमा नेकपा एमालेले देखाएको व्यवहार ठिक नभएको भन्दै कांग्रेसले सबै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने भएको हो । पार्टी स्रोतका अनुसार, शीर्ष नेताहरूबीच निरन्तर भएको छलफलमा सहमति जुट्न नसकेपछि एमालेसँगको सहकार्यबाट कांग्रेस पछि हट्ने भएको हो । ‘हाम्रा सातवटै प्रदेश सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउँछौं,’ कांग्रेसका एक पदाधिकारीले भने ।

आजमात्रै कर्णाली सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए भने सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिएको थियो । कर्णालीमा एमालेको र सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार छ । अब बाँकी अन्य प्रदेशमा पनि एमाले–कांग्रेसबीच भएको सहमति तोडिने भएको हो । प्रदेश सरकारमा नेकपासँग समझदारी भएको खण्डमा सरकारमै रहनेगरी छलफल अघि बढाइएको र नभए सबै प्रदेशमा प्रतिपक्षी बेञ्चमा बस्ने  अनौपचारिक छलफलको निष्कर्ष रहेको तीन नेताले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मर्स्याङ्दीमा २७ जनाले  गुमाए ज्यान,  घाइते १६ जनालाई ल्याइयो काठमाडौँ
मर्स्याङ्दीमा २७ जनाले गुमाए ज्यान, घाइते १६ जनालाई ल्याइयो काठमाडौँ
१० नेपालीको मृत्युमा राष्ट्रिय शोकको घोषणा
१० नेपालीको मृत्युमा राष्ट्रिय शोकको घोषणा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कैलालीमा ८० वर्षीय व्यक्ति मृ*त फेला, अनुसन्धानका लागि एक जना पक्राउ
कैलालीमा ८० वर्षीय व्यक्ति मृ*त फेला, अनुसन्धानका लागि एक जना पक्राउ
राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठहरूको दर्शन
राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठहरूको दर्शन
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने सम्भावना
म अहिलेसम्म जिवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु : प्रचण्ड
म अहिलेसम्म जिवित रहेँ, एकपटक फेरि क्रान्ति गर्छु : प्रचण्ड
जेनजी आन्दोलन विदेशीकोे डिजाइनमा भयो, फागुन २१ मा निर्वाचन असम्भव: दुर्गा प्रसाईँ
जेनजी आन्दोलन विदेशीकोे डिजाइनमा भयो, फागुन २१ मा निर्वाचन असम्भव: दुर्गा प्रसाईँ
जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या
जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...