रवि र छविको मुद्दाको पेसी आज

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ३, २०८२
|
|
३८ पटक हेरिएको
Shares
रवि र छविको मुद्दाको पेसी आज

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै  दिएको मुद्दाको पेसी आज तोकिएको छ ।
  • बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको साप्ताहिक पेसी आज परेको हो ।
  • पटक-पटक स्थगित हुँदै आएकाले आजको पेसी पनि सुनुवाइ हुने वा नहुने यकिन छैन ।

३ पुस, बुटवल ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै  दिएको मुद्दाको पेसी आज तोकिएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको साप्ताहिक पेसी आज परेको हो । पटक-पटक स्थगित हुँदै आएकाले आजको पेसी पनि सुनुवाइ हुने वा नहुने यकिन छैन । यसअघि मंसिर २५ गते तोकिएको पेसी  ‘हेर्न नमिल्ने’ परेपछि स्थगित भएको थियो।

त्यसअघि मंसिर ११ गतेको पेसी भने लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो। हालसम्म रवि लामिछानेतर्फबाट दुई पटक र छविलाल जोशी तर्फबाट एक पटक पेसी स्थगित गरिएको छ। लामिछाने र जोशीको यो पेसी कात्तिक १३ गतेयता निरन्तर सातौं पटकको हो। कानुनअनुसार एउटै मुद्दामा पक्ष र विपक्ष दुवैबाट अधिकतम दुई-दुई पटक मात्र पेसी स्थगित गर्न पाउने व्यवस्था छ। यस मुद्दामा सरकारी पक्षबाट भने कुनै पनि पटक पेसी स्थगित भएको छैन । बिहीबारको पेसी गत १३ गतेपछि निरन्तर सरिरहेको छ । लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षका लागि थुनामा छन् । लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा छन् । लामिछानेले आफू सहकारीको शेयर सदस्य नभएको र ऋण लिने कुनै पनि प्रकृयामा संलग्न नरहेको दावी गर्दै सहकारी ठगीमा संलग्न नरहेको इन्कारी बयान दिंदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाको लस एन्जलसमा कर्फ्युपछि स्थिति सामान्य
अमेरिकाको लस एन्जलसमा कर्फ्युपछि स्थिति सामान्य
राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा
राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
चिसो बढेसँगै सर्लाहीमा निःशुल्क दाउरा वितरण
चिसो बढेसँगै सर्लाहीमा निःशुल्क दाउरा वितरण
बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण
बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण
विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय आज उद्‍घाटन
विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय आज उद्‍घाटन
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी
पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी
एमालेले आज काठमाडौंमा सांस्कृतिक झाँकीसहित प्रदर्शन गर्ने
एमालेले आज काठमाडौंमा सांस्कृतिक झाँकीसहित प्रदर्शन गर्ने
मकवानपुरमा लुटिएको प्रहरीको पेस्तोल जंगलमा भेटियो, लागुऔषध तस्करीको टोली फरार
मकवानपुरमा लुटिएको प्रहरीको पेस्तोल जंगलमा भेटियो, लागुऔषध तस्करीको टोली फरार