Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन : प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २६, २०८२
|
|
४३ पटक हेरिएको
Shares
मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन : प्रधानमन्त्री ओली

सारांश

  • प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेशन पार्टीले नबनाएको बताएका छन् ।
  • सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मदन—आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
  • उनले पुष्पलाल प्रतिष्ठान र मनमोहन प्रतिष्ठान पार्टीले बनाएको उल्लेख गर्दै संस्थाहरू सामूहिक संस्था हुनुपर्ने उनको भनाइ थियो ।

२६ साउन, काठमाडौं ।

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेशन पार्टीले नबनाएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित मदन—आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले पुष्पलाल प्रतिष्ठान र मनमोहन प्रतिष्ठान पार्टीले बनाएको उल्लेख गर्दै संस्थाहरू सामूहिक संस्था हुनुपर्ने उनको भनाइ थियो । ‘पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो । मनमोहन प्रतिष्ठान पार्टीले नै बनाएको हो । अरु प्रतिष्ठानहरू पनि हामीले, पार्टीले बनाएका छौँ ।  कतिपय पार्टीले गर्दछ, कतिपय व्यक्तिका हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो खालको परिपाटी छ ।

त्यो हुनु हुँदैन । हाम्रा संस्थाहरू एकदमै सामूहिक संस्था हुनुपर्छ । मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन । आफैं बनाएको हो ।’ मदन—आश्रित स्मृति मनाउन नपाइने स्थिति बनेपछि फाउन्डेशन स्थापना भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘जतिबेला मदन—आश्रित स्मृति मनाउन नपाइने स्थिति बन्यो, त्यतिबेला श्रद्धाञ्जली दिन नपाइने स्थिति बन्यो, जन्मदिन मनाउन नपाइने स्थिति बन्यो,’ ओलीले भने, ‘पर्सि जन्मदिन छ भने आज विभिन्न विकृतिपूर्ण लेखहरू लिडरसिपबाट लेखिने र प्रकाशित भए । त्यसो भएर एउटा संस्था बनाउनुपर्छ भनेर मदन भण्डारी फाउण्डेशन जन्मिएको हो तर त्यो पार्टी, आन्दोलनप्रति निष्ठाका साथ जन्मिएको होइन ।’

नेताहरूको नाममा प्रतिष्ठानहरू स्थापना गर्ने र पछि व्यक्तिहरुले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘पार्टीले नै पुष्पलाल प्रतिष्ठान स्थापना गर्‍यो, पहिला पहिला प्रधानमन्त्री भएपछि भ्याउँदिन भनेर, एउटाबाट अर्कोमा चेन्ज गर्ने । सधैँ त्यो गुठी केही व्यक्तिहरुले त्यो पद छोड्दै नछोडेर, अनि त्यसलाई माध्यम बनाएर त्यहाँ काम गर्नेहरुलाई समर्थकको रुपमा राख्ने, बहुमत लिइराख्न आफूसँग लिने, त्यसलाई नियन्त्रण गर्ने,’ ओलीले अघि भनेका छन्, ‘त्यो संस्था कब्जाभित्र त्यो एउटा आन्दोलनको पक्षमा, विचारको पक्षमा, परिवर्तनको पक्षमा निष्ठासाथ लाग्ने संस्था होइन की व्यक्तिको ठगी खाने भाँडो हुने की पार्टीप्रति निष्ठा हुने आन्दोलनप्रति निष्ठा होइन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै
राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन
नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान
नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान
चैत १५ को जनप्रदर्शन भव्य बनाउन एकीकृत समाजवादीका आयोग र विभागहरूले तयारी गर्ने
चैत १५ को जनप्रदर्शन भव्य बनाउन एकीकृत समाजवादीका आयोग र विभागहरूले तयारी गर्ने
पर्सामा एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ
पर्सामा एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ
भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ४३६ जनाको श*व फेला
भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ४३६ जनाको श*व फेला
इटहरीमा महिलाको शंकास्पद मृत्यु, आफन्तलाई खबरै नगरी रातारात दाहसंस्कार
इटहरीमा महिलाको शंकास्पद मृत्यु, आफन्तलाई खबरै नगरी रातारात दाहसंस्कार
साफ यू-१७ पुरुष च्याम्पियनसिप नेपाल र श्रीलंका खेल्दै
साफ यू-१७ पुरुष च्याम्पियनसिप नेपाल र श्रीलंका खेल्दै
विमानस्थलबाट बाहिरिँदै गरेको विमानमा गोली प्रहार
विमानस्थलबाट बाहिरिँदै गरेको विमानमा गोली प्रहार
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता