मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
३१ पटक हेरिएको
Shares
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन

सारांश

  • मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया विरुद्ध सात दलले रौतहटको गौरमा विरोध प्रदर्शन गरेका छन् ।
  • नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी ) र नागरिक उन्मुक्ति पार्टीले बुधबार दिउँसो गौरमा विरोध प्रदर्शन गरेका हुन् ।
  • सात दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले नाराबाजी गर्दै  मुख्यमन्त्री नियुक्ति खारेजीको माग गरेको हो ।

२६ कात्तिक,  रौतहट ।

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया विरुद्ध सात दलले रौतहटको गौरमा विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी ) र नागरिक उन्मुक्ति पार्टीले बुधबार दिउँसो गौरमा विरोध प्रदर्शन गरेका हुन् । सात दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले नाराबाजी गर्दै  मुख्यमन्त्री नियुक्ति खारेजीको माग गरेको हो । लोसपाका नेता अनिल सिंहले  संविधान, संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आन्दोलन गरिएको बताए ।

मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक भएको टिप्पणी गर्दै उनले नियुक्ति खारेजी हुनुपर्ने माग दोहो¥याए । उनले सभामुख रामचन्द्र मण्डलको पानि राजीनामा माग गरेका हुन् । उनीहरुले सात दलिय आन्दोलन क्रममा भएको दमनको  भत्र्सना गर्दै घटनामा संलग्नलाई कारबाही माग समेत गरेका छन् । नेकपा (एमाले) बाहेकका सात दलका ७४ जना प्रदेश सांसदको हस्ताक्षर सहित मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।  सात दलहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) को दुरुपयोग गर्दै असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बसिरको अविजित ८६ रनमा आर्मीको मध्यम योगफल
बसिरको अविजित ८६ रनमा आर्मीको मध्यम योगफल
सर्लाही क्रिकेट लिग सिजन २ सुरु, सगरमाथाको विजयी शुरुवात
सर्लाही क्रिकेट लिग सिजन २ सुरु, सगरमाथाको विजयी शुरुवात
सहकारी ठगी प्रकरणमा फरार रहेकी लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर
सहकारी ठगी प्रकरणमा फरार रहेकी लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर
नक्कली कागजात बनाउने गिरोह तीन जना पक्राउ
नक्कली कागजात बनाउने गिरोह तीन जना पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै
बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्रीको नैतिकतामा सभामुखले उठाए प्रश्न
प्रधानमन्त्रीको नैतिकतामा सभामुखले उठाए प्रश्न
सुर्खेतबाट प्रचण्डको चेतावनी– यो सरकारले कर्णालीलाई गरेको अपमान सह्य छैन
सुर्खेतबाट प्रचण्डको चेतावनी– यो सरकारले कर्णालीलाई गरेको अपमान सह्य छैन
रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप
रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप
आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी
आगलागी पीडितलाई तत्काल १५ हजार र अस्थायी आवासका लागि ५० हजार दिने तयारी