मधेशमा मध्यमदेखि धेरै भारी वर्षा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १८, २०८२
|
|
३१ पटक हेरिएको
Shares
मधेशमा मध्यमदेखि धेरै भारी वर्षा

सारांश

  • सुक्खाग्रस्त बनेको मधेशमा केही दिनदेखि लगातार भारी वर्षा भएको छ ।
  • सरकारले नै संकटग्रस्त घोषणा गरेको मधेशमा वर्षा भएपछि किसानलाई राहत भएको छ ।
  • पछिल्लो २४ घण्टामा मधेशको एउटा केन्द्रमा धेरै भारी वर्षा मापन भएको छ भने विभिन्न ५ वटा केन्द्रमा भारी वर्षा मापन भएको छ ।

१८ साउन, काठमाडौं ।

सुक्खाग्रस्त बनेको मधेशमा केही दिनदेखि लगातार भारी वर्षा भएको छ । सरकारले नै संकटग्रस्त घोषणा गरेको मधेशमा वर्षा भएपछि किसानलाई राहत भएको छ । पछिल्लो २४ घण्टामा मधेशको एउटा केन्द्रमा धेरै भारी वर्षा मापन भएको छ भने विभिन्न ५ वटा केन्द्रमा भारी वर्षा मापन भएको छ । बाँकी तीन केन्द्रमा ठाउँमा पनि त्यसकै आसपास वर्षा भएको मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा सिराहको सिराह हाइड्रो केन्द्रमा मापन भएको छ । उक्त केन्द्रमा धेरै भारी अर्थात १०१.६ मिलिमिटर वर्षा मापन भएको छ । २० घण्टामा १०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ । सिराहकै लहान केन्द्रमा ७७.२, गोलबजारको केन्द्रमा ५२.८, मिलिमिटर वर्षा भएको छ । यस्तै, सप्तरी मरमझिया केन्द्रमा ९३, रुपनी बजार केन्द्रमा ८२, कल्यानपुरमा ४९.४, धनुषाको हर्दिनाथमा ४७, तुलसी केन्द्रमा ४७.८, महोत्तरीको गौशालामा ५८, सर्लाहीको परवानीपुरमा ४८.४ मिलिमिटर वर्षा भएको छ ।

विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी उदयपुरको गाइघाटमा १३२ मिलिमिटर वर्षा मापन भएको । झापाको अनरमणि बिर्तामा १२५, दमक ११२. ८ मिलिमिटर वर्षा भएको छ । शुक्रबार राति पनि मधेशमा भारी वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि मधेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको  छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपसभामुख राना बंगलादेश प्रस्थान
उपसभामुख राना बंगलादेश प्रस्थान
दसैँअगाडि हरियाली छाउँदै बन्द भयो सेयरबजार
दसैँअगाडि हरियाली छाउँदै बन्द भयो सेयरबजार
आज देखी त्रिभुवन बिमानस्थल भन्सारका सबै काम ठप्प
आज देखी त्रिभुवन बिमानस्थल भन्सारका सबै काम ठप्प
राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठहरूको दर्शन
राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठहरूको दर्शन
रसुवा बाढीमा मधेशका १७४ जना सम्पर्कविहीन, २३ जना सम्पर्कमा
रसुवा बाढीमा मधेशका १७४ जना सम्पर्कविहीन, २३ जना सम्पर्कमा
माओवादी बैठकबाट पार्टी एकताको एजेन्डा पारित
माओवादी बैठकबाट पार्टी एकताको एजेन्डा पारित
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
डा.केसीको उपचार व्यवस्था सुदृढ बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
डा.केसीको उपचार व्यवस्था सुदृढ बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
नर्सको तलब सरकारीसरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
नर्सको तलब सरकारीसरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
आइन्स्टाइन जेभियरका विद्यार्थी कलेजको मार्केटिङमा, परीक्षा केन्द्र बाहिर पर्चा वितरण
आइन्स्टाइन जेभियरका विद्यार्थी कलेजको मार्केटिङमा, परीक्षा केन्द्र बाहिर पर्चा वितरण