आज देखी त्रिभुवन बिमानस्थल भन्सारका सबै काम ठप्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २५, २०८०
|
|
५८ पटक हेरिएको
Shares
आज देखी त्रिभुवन बिमानस्थल भन्सारका सबै काम ठप्प

सारांश

  • भन्सारमा कार्यरत कर्मचारीले सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाई नभए पछि आजबाट भन्सार ठप्प पार्न लागेका हुन ।
  • सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँच पास शाखामार्फत हुने निकासी, पैठारी संबन्धी सम्पूर्ण कार्य बन्द गर्ने भएका हुन् ।
  • आज पनि माग सम्बोधन नभए मंगलबार कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा गरिएको छ ।

त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ । भन्सारमा कार्यरत कर्मचारीले सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाई नभए पछि आजबाट भन्सार ठप्प पार्न लागेका हुन ।

सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँच पास शाखामार्फत हुने निकासी, पैठारी संबन्धी सम्पूर्ण कार्य बन्द गर्ने भएका हुन् । आज पनि माग सम्बोधन नभए मंगलबार कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा गरिएको छ ।

उनीहरुले आइतबार तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध सुरु गरेका थिए । भदौ २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने विमानस्थलका कर्मचारीले अग्रिम जानकारी गराएका छन् । ६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरू धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरूको आरोप छ । जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए । तर, आफ्नो माग दुई साता लागिसक्दा पनि सुनुवाई नभए पछि आइतवारबाट उनीहरु आन्दोलनमा उत्रेका हुन । ​

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार–निजी क्षेत्र सहकार्य बढाउन प्रधानमन्त्री र व्यवसायीबीच छलफल
सरकार–निजी क्षेत्र सहकार्य बढाउन प्रधानमन्त्री र व्यवसायीबीच छलफल
हरिवनमा मानव सेवा आश्रम भवन निर्माणार्थ श्रीमद्भागवत महायज्ञ हुने
हरिवनमा मानव सेवा आश्रम भवन निर्माणार्थ श्रीमद्भागवत महायज्ञ हुने
दुईवटा संसदीय समितिको बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै
सरकारलाई ओलीको प्रश्न: दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?
सरकारलाई ओलीको प्रश्न: दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?
सम्पदा संरक्षणमा महानगरले काम गरिरहेको छ: सुनिता डंगोल
सम्पदा संरक्षणमा महानगरले काम गरिरहेको छ: सुनिता डंगोल
हेटौँडामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
हेटौँडामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
ओली नेतृत्वको सरकारबाट एकपछि अर्को दलले समर्थन फिर्ता लिँदै
ओली नेतृत्वको सरकारबाट एकपछि अर्को दलले समर्थन फिर्ता लिँदै
दार्चुला जीप दुर्घटना अपडेट : मृतको पहिचान खुल्यो (नामावलीसहित)
दार्चुला जीप दुर्घटना अपडेट : मृतको पहिचान खुल्यो (नामावलीसहित)
डोटीमा जीप दु*र्घटना हुदाँ २ जनाको मृ*त्यु
डोटीमा जीप दु*र्घटना हुदाँ २ जनाको मृ*त्यु