उपसभामुख राना बंगलादेश प्रस्थान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २७, २०८२
|
|
७८ पटक हेरिएको
Shares
उपसभामुख राना बंगलादेश प्रस्थान

सारांश

  • प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर ६ दिने औपचारिक भ्रमणका लागि शनिबार बिहान बंगलादेश प्रस्थान गरेकी छन्।
  • उनले बंगलादेशको राजधानी ढाकामा आयोजना हुने ‘पत्रकार महिलाको सम्मेलन’ मा सहभागिता जनाउनेछिन्।
  • इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालको आयोजनामा, बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद्सँगको सहकार्यमा आइतबार हुने कार्यक्रममा उपसभामुख राना मगरले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

२७ वैशाख, काठमाडौं ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर ६ दिने औपचारिक भ्रमणका लागि शनिबार बिहान बंगलादेश प्रस्थान गरेकी छन्। उनले बंगलादेशको राजधानी ढाकामा आयोजना हुने ‘पत्रकार महिलाको सम्मेलन’ मा सहभागिता जनाउनेछिन्। इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालको आयोजनामा, बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद्सँगको सहकार्यमा आइतबार हुने कार्यक्रममा उपसभामुख राना मगरले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा उनले पछिल्लो समयमा मिडिया क्षेत्रमा देखिएका साझा समस्या र चुनौती, सामाजिक तथा सांस्कृतिक दृष्टिकोण र दक्षिण एसियामा जिम्मेवार पत्रकारितामा महिलाको निर्णायक भूमिकाको विषयमा सम्बोधन गर्ने बताइएको छ ।  उपसभामुख राना मगरको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले सम्मेलनका साथै बंगलादेशका उच्च अधिकारीहरूसँग भेटघाट र अनुभव आदानप्रदान गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भृकुटीमण्डपमा फर्निचर एक्स्पो २०२५ आयोजना हुने
भृकुटीमण्डपमा फर्निचर एक्स्पो २०२५ आयोजना हुने
दाङको तुलसीपुरबाट भारत तीर्थ यात्रा गएको गाडी दुर्घटनामा ४ जनाको मृत्यु
दाङको तुलसीपुरबाट भारत तीर्थ यात्रा गएको गाडी दुर्घटनामा ४ जनाको मृत्यु
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
संखुवासभामा भूकम्पको धक्का
संखुवासभामा भूकम्पको धक्का
बुधवारदेखि शिक्षक आन्दोलनको समय बिहान ११ बजेदेखि २ बजेसम्म
बुधवारदेखि शिक्षक आन्दोलनको समय बिहान ११ बजेदेखि २ बजेसम्म
पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने
पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने
रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण १६ जनाको मृत्यु
अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण १६ जनाको मृत्यु
निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री
निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री
३१ सवारी लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठायो पत्र
३१ सवारी लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठायो पत्र