अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण १६ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २४, २०८१
|
|
५८ पटक हेरिएको
Shares
अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण १६ जनाको मृत्यु

सारांश

  • राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो ।
  • आर्कान्सादेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले भवनहरूमा क्षति पुर्‍याएको, सडकहरू बाढीमय भएको र हालैका दिनहरूमा दर्जनौँ चक्रवात उत्पन्न भएका छन् ।
  • टेनेसी राज्यको पश्चिमी भागमा १० जनाको मृत्यु भएको राज्यका अधिकारीहरूले बताएका छन् ।

२४ चैत, वाशिङ्टन-

संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो । आर्कान्सादेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले भवनहरूमा क्षति पुर्‍याएको, सडकहरू बाढीमय भएको र हालैका दिनहरूमा दर्जनौँ चक्रवात उत्पन्न भएका छन् ।

टेनेसी राज्यको पश्चिमी भागमा १० जनाको मृत्यु भएको राज्यका अधिकारीहरूले बताएका छन् । केन्टकी राज्यका गभर्नर एन्डी बेशियरका अनुसार बाढीका कारण एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सामाजिक तथा स्थानीय सञ्चारमाध्यममा शेयर गरिएका तस्वीरमा आँधीका कारण कैयौँ राज्यमा व्यापक क्षति पुगेको, घरहरू भत्किएको, रुखहरु ढलेको, बिजुलीको तार ढलेको र कारहरु पल्टिएको देखिएको छ । राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) ले मध्य–पूर्वी क्षेत्रका केही भागहरूमा आइतबारसम्म ‘व्यापक रूपमा आकस्मिक बाढी” आउन सक्ने चेतावनी दिँदै ‘जनजीवन र भौतिक संरचनामा क्षति हुने ठूलो खतरा रहेको’ चेतावनी दिएको छ ।

आँधीका कारण मिसौरीमा दुई र इन्डियानामा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएका छन् । आर्कान्सा राज्यको लिटिल रकस्थित एक घरमा पाँच वर्षीय एक बालक मृत अवस्थामा फेला परेको राज्यको आपतकालीन व्यवस्थापन निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केन्टकीका गभर्नर बेशियरले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्– छ, “धेरै समुदायमा बाढी रेकर्ड स्तरमा पुगेको छ, राज्यका बासिन्दाहरूलाई ‘यात्रामा ननिस्किन र जल क्षेत्रको नजिक नजान’ आग्रह गरिएको छ । आर्कान्सा र टेनेसीमा आइतबार बिहानसम्म एक लाखभन्दा बढी ग्राहक विद्युत्विहीन रहेको ट्र्याकिङ वेबसाइट पावर आउटेज डट कमले जनाएको छ ।

एनडब्लुएसले टेनेसी भ्याली र लोअर मिसिसिपी भ्यालीका केही भागमा आइतबार मध्यमदेखि गम्भीर आँधीबेहरी आउन सक्ने जनाएको छ । वैज्ञानिकहरूका अनुसार ग्लोबल वार्मिङले जलवायु परिवर्तन र पानीको चक्रलाई बिथोलिरहेको छ, जसले चरम मौसमलाई बारम्बार अधिक क्रूर बनाइरहेको छ । गत वर्ष संयुक्त राज्य अमेरिकामा उच्च तापमानको अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको थियो भने चक्रवात र विनाशकारी आँधीबेहरीको असरले प्रभावित तुल्याएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाइल्यान्डमा सुरक्षा विमान दुर्घटना, ६ जनाको मृत्यु
थाइल्यान्डमा सुरक्षा विमान दुर्घटना, ६ जनाको मृत्यु
जापानमा ४ हजार जनाको शव एक महिना पछी फेला परे :
जापानमा ४ हजार जनाको शव एक महिना पछी फेला परे :
एसिसी महिला प्रिमियर कप : नेपालको दोस्रो जित
एसिसी महिला प्रिमियर कप : नेपालको दोस्रो जित
काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न सवारी साधनलाई रोक
काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न सवारी साधनलाई रोक
२१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा
२१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन पक्राउ
आज देशभर दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली प्रभाव रहने
आज देशभर दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली प्रभाव रहने
सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू
सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू
सयभन्दा बढी उजुरी अध्ययनका लागि ७ सदस्यीय समिति गठन
सयभन्दा बढी उजुरी अध्ययनका लागि ७ सदस्यीय समिति गठन