हात्तीको आक्रमणबाट राजकुमारको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २९, २०८१
|
|
२२ पटक हेरिएको
Shares
हात्तीको आक्रमणबाट राजकुमारको मृत्यु

सारांश

  • इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
  • गएराति हात्ती खेदाउन जाँदा चुलाचुली १ का ७३ वर्षे राजकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • उनी त्यही गाउँपालिकाको वडा२, निगुरेमा खेती गरी बस्दैथिए ।

 

२९ असोज ,इलाम । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । गएराति हात्ती खेदाउन जाँदा चुलाचुली १ का ७३ वर्षे राजकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी त्यही गाउँपालिकाको वडा२, निगुरेमा खेती गरी बस्दैथिए । उनलाई गएराति साँझ ७ बजेतिर हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । उनको उपचारक्रममा दमकको लाइफलाइन अस्पतालमा राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?