एक लाख रुपैयाँ घुससहित नापी कार्यालयका दुई कर्मचारी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
१९ पटक हेरिएको
Shares
एक लाख रुपैयाँ घुससहित नापी कार्यालयका दुई कर्मचारी पक्राउ

सारांश

  • नापी कार्यालय वीरगञ्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।
  • सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
  • पक्राउ पर्नेमा नापी कार्यालय वीरगञ्जका सर्भेक्षक रामप्रमोद राउत र नापी टोली आदर्शनगरका कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय छन् ।

२ मंसिर, काठमाडौं ।

नापी कार्यालय वीरगञ्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । पक्राउ पर्नेमा नापी कार्यालय वीरगञ्जका सर्भेक्षक रामप्रमोद राउत र नापी टोली आदर्शनगरका कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय छन् ।

आयोगको टंगालबाट खटेको टोलीले वीरगञ्ज महानगरपालिका-३ आदर्शनगरस्थित नापी कार्यालयबाट उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको हो । छुट जग्गा दर्ता गर्नका लागि सेवाग्राहीसँग विभिन्न बहानामा उनीहरूले उक्त रकम घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?